बडीगाड वडा नम्बर ७ को बिकासका लागी काम गर्ने प्रतिबध्दता

बिमल खड्का, बुर्तिबाङ २०७४ जेठ २५ । बागलुङ जिल्ला पश्चिम बडीगाड गाउँपालिका वडा नम्बर ७ मा रहेको माझखर्क आधारभुत बिद्यालयले जेष्ठ बिसकाे पावन अबसरमा आयोजना गरेको समारोहको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बडीगाड गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण गुरुङले कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रमा बोल्दै जनताको कामका लागी आफुले जस्तो सुकै परिस्थितिमा पनि जनताकै काममा आफु सत्रिय भएर बडीगाडको वडा नम्बर ७ को बिकासका लागी आफुले काम गर्ने बताए ।

कार्यक्रम बोल्दै जिर्ण बन्दै गएको बिद्यालयलाई शैक्षिक सुधारका लागी सहयोग गर्ने उनले बताएका छन । साथै बडीगाड गाउँपालिकाको वडा नम्बर ७ को बिकासे योजनाहरु आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए ।

कार्यक्रम बिद्यालयका शिक्षक बिद्यार्थी अभिभावक चन्दादाता लगाएतको उपस्थित रहेको थियो । बिद्यालयले पुरुष भलिबल डान्स चम्चा दौड लगाएतका खेलकुद कार्यक्रम राखेको छ । कार्यक्रम २७ गते सम्म सञ्चालन हुने बताएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *