कालीगण्डकीमा बेपत्ता सुनिल पुनको घटनालाई लिएर बागलुङ सदरमुकाम बन्द !

बन्दकर्ताहरुव्दारा केबि मासु पसल तोडफोड, सन्चालक माथी हातापाई !

बागलुङ, २०७४ जेठ २५ । मंगलवार साँझ कालिगण्डकीमा हामफाली बेपत्ता भएका सुनिल पुनको घटनालाई लिएर उनका आफन्त र स्थानीयले बागलुङ सदरमुकाम बन्द गराएका छन् । बन्दका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

बन्दकर्ताहरु विहान देखी नै बजार बन्द गर्न आव्हान गर्दै माईकिङ गरिरहेका छन् । यसै माईकिङ टोलीले स्थानीय केवी मासु पसल तोडफोड गर्नुका साथै पसलका सन्चालक केवि भण्डारीलाई हातपात समेत गरेका छन् ।

उता बागलुङ बजार देखी लामो र छोटो दूरीमा चल्ने सवारी साधनहरु चलेका छैनन । बजारमा फाटफुट मोटरसाईकल चलेको देखिन्छ तर बजार भने पूर्णरुपमा बन्द रहेको छ ।

१९ वर्षिय युवक सुनिल पुनलाई प्रहरीले सम्झाई बुझाई सही बाटोमा ल्याउनु पर्नेमा लखेटेर कालीमा हाम फाल्ने अवस्थामा पुराउनु प्रहरीको गल्ती भएको आफन्त परिवारजनले लगाउदै घटनाको छानविन गर्न माग गरिरहेका छन् । प्रहरीले भने बेपत्ता सुमन पुनको खोजी गरिरहेको बताएको छ । कालीगण्डकीमा बेपत्ता सुनिलको खोजी कार्य प्रहरीले अहिले पनि जारी राखेको छ ।

स्मरण रहोस्, गत मंगवार साँझ बागलुङ नगरपालिका–१ मालढुंगा स्थित बागलुङ पर्वत सडकमा ध १ ज ४१४ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा गियरको डण्डीनिर लुकाईछिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम ट्याबलेट ३ थान मंगलबार प्रहरीले बरामद गरी उक्त ट्याक्सीमा सवार ३ जना मध्ये सोही ठाउँ बस्ने २८ वर्षीय दिपेन्द्रभरत भन्ने दिपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ घर भई हाल सोही ठाउँ बस्ने २४ वर्षीय भिमसेन लामालाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको थियो भने सोहि ट्याक्सीमा रहेका काठेखोला गाँउपालिका–८ घर भई बागलुङ नगरपालिका–३ देउरालीचोक बस्ने १९ वर्षीय सुनिल पुन भागेर कालगण्डकी नदीमा हामफाली पौडी खेली पारी तर्ने क्रममा नदीकै बीचबाट बेपत्ता भएको प्रहरीले बताएको थियो।

घटनाको विरोधमा हिँजो विहीबार स्थानीयले मालढुंगाबाट पारी सवारी साधन जान नदिएर बन्द गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *