बडीगाड भीरकटेरामा चट्याङ लागेर २ जना घाइते, एकको अवस्था गम्भीर

कमल पौडेल, बागलुङ खर्वाङ २०७४ जेठ २४ । बडीगाड गाउँपालिका वडा नं ५ भीरकटेरामा चट्याङले लाग्दा २ जना घाइते भएका छन्। दिउसो साढे चार वजे तिर चट्याङ् लाग्दा अन्दाजी ४६ वर्षिय भुमा सिंजाली र ५० वर्षका श्रीराम काउचा घाइते भएका हुन् ।

आफ्नै घरको पिँडीमा वसेकी सिंजालीलाई चट्याङ्ले उछिट्याएर दुईवटा पाटा तल पुर्याउँदा ढुँगामा ठोकिएर टाउकोमा गम्भिर चोट लागेको स्थानिय शिक्षक गोविन्द थापाले जानकारी दिए।

त्यस्तै आफ्नै घरको वलेनीमा पानी थाप्दै गरेका काउचाको चट्याङ्ले मुखमा चोट लागेको छ। वेलुकीको समय भएको र गाडी उकालोमा चढ्न नसकेपछि घाइतेहरुको स्थानिय मेडिकलवाट सामान्य औषधि पुर्याई प्राथमिक उपचार गरिएको शिक्षक थापाले जानकारी दिए। गम्भिर घाईते सिंजालीको भोली विहान सम्मको अवस्था हेरि थप उपचारको लागी लैजाने शिक्षक थापाले वताएका छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *