प्रेमिकाको हत्या गरेको अभियोगमा प्रेमी पक्राउ

काठमाडौं, २०७४ जेठ २४ । प्रेमिकाको हत्यामा संलग्न अभियुक्त दोलखा, वैतेश्वर गाउँपालिका–२ बस्ने २४ वर्षीय प्रशान्त तामाङलाई महानगरीय अपराध महाशाखाको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–७ गंगाहिटीमा कोठा भाडामा बस्दै आएकी रामेछाप, रस्नालु–८ की २३ वर्षीया सञ्चिता पाख्रिन ९तामाङ०को कोठामा बाहिरबाट चाबी लगाएको अवस्थामा सडिगलेको शव गत बैशाख ८ गते फेला परेको थियो ।

अभियुक्त प्रशान्त र मृतक सञ्चिताबिच करीव २ वर्षदेखि प्रेम सम्बन्ध रहेको र २०७४ असारमा विवाह गर्ने सल्लाह भएको भए पनि सञ्चिताको पेटमा रहेको बच्चा प्रशान्तले राख्न चाहेको तर सञ्चिताले फाली दिएपछि आपसी विवाद हुँदा प्रशान्तले गत बैशाख ४ गते सलले घाँटी कसेर सञ्चिताको हत्या गरी कोठामा बाहिरबाट ताला लगाई फरार भएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *