बागलुङमा लागुऔषध कारोबार बढ्यो, प्रहरीले पक्राउ गर्न खोज्दा कालीमा हामफालेका युवक बेपत्ता !

बागलुङ २०७४ जेठ २४ । बागलुङ जिल्लामा लागु औषध कारोवारीको जालो फैलिदै गएको छ । केहि दिन पहिले २०७४ जेठ १२ गते पर्वतको मालढुंगाबाट बागलुङ प्रवेश गर्नै नाका खुदुर्के देखी केहिमाथी नाङलीवाङ ९ का २९ वर्षिय राजकुमार केसीलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३० एम्पुल, फेनारागन ३० एम्पुल, नुर्फिन ३० एम्पुल सहित बागलुङ नगरपालिका- १ रामरेखा बागलुङ पोखरा सडक खण्डबाट प्रहरी चौकी माल्ढुङगाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी निजसंग रहेको लागु ओषधी नियन्त्रणमा लिएर कार्बाही अगाडी बढाएका थियो ।

यसैवीच हिँजो मंगवार साँझ बागलुङ नगरपालिका–१ मालढुंगा स्थित बागलुङ पर्वत सडकमा ध १ ज ४१४ नम्बरको ट्याक्सी चेकजाँच गर्ने क्रममा गियरको डण्डीनिर लुकाईछिपाई राखेको डाईजेपाम ३, नुर्फिन ३, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम ट्याबलेट ३ थान मंगलबार प्रहरीले बरामद गरी उक्त ट्याक्सीमा सवार ३ जना मध्ये सोही ठाउँ बस्ने २८ वर्षीय दिपेन्द्रभरत भन्ने दिपेन्द्र कार्की र ट्याक्सी चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ घर भई हाल सोही ठाउँ बस्ने २४ वर्षीय भिमसेन लामालाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ भने सोहि ट्याक्सीमा सवार काठेखोला गाँउपालिका–८ घर भई बागलुङ नगरपालिका–३ देउरालीचोक बस्ने १९ वर्षीय सुनिल पुन भागेर कालगण्डकी नदीमा हामफाली पौडी खेली पारी तर्ने क्रममा नदीकै बीचबाट बेपत्ता भएको प्रहरीले बताएको छ । यस घटनालाई लिएर बेपत्ता युवकका परिवार आक्रोशित बनेका छन् । यातायात ठप्प छ ।

यसैगरी पर्वत जलजला–८ घर भई हाल बागलुङ श्रीनगर टोल–२ बस्ने रामकाजी श्रेष्ठलाई फेनारगन २८, नुर्फिन २८, र डाईजेपाम २९ एम्पुल गरी जम्मा ८५ एम्पुल लागू औषध र ८ थान सिरिन्ज सहित मंगबलार आबुखैरेनी प्रहरीले नियन्त्रणमा लिएको छ । आबुखैरेनी गाउँपालिका–३ कार्यालय अगाडी खटिएको टोलीले भैरहवाबाट पोखरातर्फ आउदै गरेको लु ।१ ख ९८४७ नम्बरको बसमा सवार श्रेष्ठलाई शंका लागी चेकजाँच गर्ने क्रममा उक्त लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *