साविक रेश- ६ का पूर्व वडा अध्यक्ष समाजसेवी कार्कीको निधन

बागलुङ, २०७४ जेठ २४ । काठेखोला गाउँपालिका वडा नं.७ साविक रेश गाविस वडा नं. ६ का पूर्व वडा अध्यक्ष समाजसेवी नेकपा एमालेका सदस्य चन्द्रबहादुर कार्कीको बुधवार बिहान निधन भएको छ । स्वर्गीय कार्कीको पार्थिव शरीरमा नेकपा एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिइएको थियो ।

स्वर्गीय कार्कीको पार्थिव शरिरमा नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मना केसी, प्रदेश कमिटि सदस्य तथा बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख जनक पौडेल, नेकपा एमाले केन्द्रीय उर्जा तथा जलस्रोत विभागका सदस्य हिराबहादुर केसी, केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका सदस्य रामबहादुर जिसी, एमाले जिल्ला सचिव लालबहादुर थापा, नेकपा एमाले काठेखोला गाउँपालिकाका संयोजक डिल्लीराज गौतम, एमाले जिल्ला सदस्य तथा काँठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष अम्मरबहादुर थापा लगायतले एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

२०४९ र २०५४ को स्थानीय निकाय निर्वाचनमा नेकपा एमालेका तर्फबाट साविक रेश गाविस वडा नं. ६ को वडा अध्यक्षमा निर्वाचित कार्कीले रेशको शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको नेकपा एमालेका क्षेत्रीय अध्यक्ष डिलबहादुर कार्कीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *