नवनिर्वाचित प्रधानमन्त्री देउवा सहित तीन उपप्रधान र चार मन्त्रीव्दारा शपथ ग्रहण

काठमाडौ २०७४ जेठ २४ । नवनिर्वाचित प्रधानमन्त्री शेरवहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति निवास महाराजगन्जमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई पद तथा गोपनियताको शपथ खुवाएकी हुन् ।

प्रधानमन्त्री देउवा सँगै आज नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदार, नेपाली काँग्रेसका गोपालमान श्रेष्ठ र माओवादी केन्द्रका कृष्णबहादुर महराले उपप्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् ।

उपप्रधानमन्त्रीहरु गच्छदार, श्रेष्ठ र महराले क्रमश संघीय मामिला तथा स्थानीय विकास, शिक्षा र परराष्ट्रमन्त्रीको जिम्मेवारी पाएका छन् ।

आजै मन्त्री पदको शपथ लिनेहरुमा माओवादी केन्द्रका नेता जनार्दन शर्मा गृह, प्रभु साह बिनाविभागीय र कांग्रेस नेता, ज्ञानेन्द्रबहादुर कार्की अर्थ र फरमुल्लाह मन्सुरले श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *