बसन्त थापा र शर्मिला विश्वकर्माको प्रस्तुति, ‘आज सँगै…’ गीति एल्बम बजारमा

थम्मन थापा सन्देश, गल्कोट २०७४ जेठ २४ । चर्चित लोक तथा दोहोरी गायक बसन्त थापाले एक पछि अर्को सांगीतिक कोशेली प्रस्तुत गर्ने क्रममा गायिका शर्मिला विश्वकर्माको प्रस्तुतिमा ‘आज सॅगै…’ गीती एल्बम केहि बेर अगाडि बजारमा ल्याएका छन ।


बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्ममा विंसं २०४१ साल चैत १४ गते जन्मेका थापाले आफनो सांगीतिक यात्रालाई निरन्तरता दिने क्रममा पुन यो गीत बजारमा आएको छ । प्राय मौलिक गीतहरु सिर्जना गर्ने गायक थापाले यस पटक बसमा यात्रा गर्ने क्रममा नबोली नबोली माया बसेको कुरा गीतमा झल्काईएको छ । विसं २०५९ सालमा निलो फेवा ताल नामक गीती एल्वमबाट आफनो सांगीतिक यात्रा प्रारम्भ गरेका थापाले, अझै कन्य हो, लगनको महिनाले, वारी घुम्टे पारी गाजा, बागलुङ बजारमा बाघको शालिक, तीजको गीत सेल्फी, विभिन्न सालैजो, पञ्चेबाजा, दोहोरी एकल गरि धेरै गीत संगीतमा लय शब्द र स्वर दिएका छन । उनका प्राय गीतहरुले विभिन्न विधामा अवार्ड समेत हात पारेको गायक थापाले बताए ।

लोकगीत र मौलिक संस्कृतिको उर्बर भूमि मानिने बागलुङको गलकोट क्षेत्रमा जन्मिएकोले आफू लोकगीत संगीतमै आकर्षण बनि निरन्तर संगीत साधनामै व्यस्त रहेको बताउॅछन । आजै रिलिज गरिएको गीत आज सॅगै कहाँ हो कहाँ भोली, बस्यो माया नबोली नबोली गीतमा लय शब्द बसन्त थापाको रहेको छ भनें स्वर बसन्त थापा र शर्मिला विश्वकर्माको रहेको छ ।

क्रान्ति केसीले निर्देशन गरेको यस गीतलाई अभ्यास डिजिटल प्रालि काठमाण्डौले बजारमा ल्याएको छ । यस गीतमा चर्चित मोडल दुर्गेश थापा र सगुन शाहीले अभिनय गरेका छन । उक्त गीतको भिडियो बागलुङको रामरेखा र काठमाण्डौमा गरिएको हो । गीत पूर्ण सफलताको हाम्रो पनि शुभकामना ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *