देविस्थान माध्यमिक विद्यालायको ५८ औं वार्षिकोत्सबका कार्यक्रम जारी

डम्मर बुढा मगर बुर्तिबाङ २०७४ जेठ २३ । निसीखोला गाउँपालिका वडा न १ मा रहेको देविस्थान माध्यमिक विद्यालायको ५८ औं वार्षिकोत्सबको अवसरमा आयोजना गरिएको आन्तरिक तथा बाह्य कार्यक्रमहरु आज पनि भएको छन् ।

आज भएको निसीखोला गाउँपालिका स्तरीय माद्यामिक तह अन्तर्गतको हाजिरीजवाफ प्रतियोगितामा ७ समूहको सहभागीता रहेको थियो । जस मध्य प्रभा माबि झिवाखोला प्रथम,ज्ञानेन्द्र माबि निसी द्वितीय र रत्नराज्री लक्ष्मी माबि जुग्जाखोला तृतीय भएका छन।

त्यस्तै आधारभूत तह अन्तर्गतको लोक नृत्य प्रतियोगिता ६ समूहले सहभागीता जनएकोमा देविस्थान माबि देविस्थान प्रथम,अन्नपूर्ण आधारभूत विद्यालय हर्पे द्वितीय र ज्ञानेन्द्र माबि निसी तृतीय भएको छ ।

त्यस्तै सोही विद्यालयको आधारभूत तह र माध्यमिक तहको बेलुन नृत्य प्रतियोगिता र प्राथमिक तहमा रिले डौड प्रतियोगिता भएको हो ।आजको कार्यक्रममा बिधालयका प्र।अ किरण पौडेलको अध्यक्षता र शिक्षक झग बहादुर क्षेत्री र दिपक घिमिरेले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *