गुल्मी जिल्लामा एकै घरका दाजु-भाई र ससुरा-बुहारी विच चुनावी भीडन्त !

प्रेम सुनार, गुल्मी,२०७४ जेठ २३ । चुनावी माहौल नजिकीदै गर्दा गुल्मीका केहि घर परिवार विचमा पारिवारिक सम्वन्ध र घरयासी काम काज छैन । विहान उठे देखि एकातिर भाईका विरुद्ध दाजु चुनावी प्रचारमा जुटेका छन भने अर्कोतिर ससुराका विरुद्ध वुहारी घर घरमा पुगेकी छन् ।

यहाँको मुसिकोट नगरपालिकाको एक वडा र ईस्मा गाउँपालिकाको अर्को वडामा यसरी एकै घरका दाजु भाई र ससुरा वुहारी विच एउटै पदका लागि दुई अलग अलग पार्टीबाट चुनावी भिडन्त सुुरु भएको हो ।

मुसिकाृेट नगरपालिका वडा नम्वर ४ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट यमबहादुर खत्री (केसीं ) उमेदवार रहेका छन् भने नेकपा एमालेबाट उनका सहोदर भाई ओमबहादुर खत्री (केसी ) वडा अध्यक्षका उमेदवार रहेर एक अर्का विरुद्ध कडा चुनावी मैदानमा उत्रेका हुन् ।

भाई ओमबहादुर पनि दाजु एमबहादुरलाई हराएरै छाड्ने दावि गदै आएका छन् भने दाजु एमबहादुर पनि भाईलाई हराएरै छाड्ने ठोकुवा गर्दै एक अर्का विरुद्ध गालि गलौजमा समेत उत्रिदै आएका छन् । एक अर्का विरुद्ध उत्रि रहेकै वेला आइतावर भने त्यस घरका पाँचै भाई एकै थलोमा नजुटी नहुने धर्म संकटआई प¥यो भाई ओमबहादुरले भने, एक भाईको छोरी माग्न आएपछि पाँचै भाई जुट्न त जुटियो तर मेरा प्रतिष्पर्धी माईला दाजु संग वोल चाल भने भएन ।

उनले थपे, दाजुका नाताले मैल उहाँलाई दर्शन त गरे तर दाजु नबोले पछि मैले पनि बोल्न चाहिन । दाजु यमबहादुर पनि भन्छन, एक अर्का विरुद्ध लागे पछि बोल्न किन पो¥यो र ? उनिहरुका स्वर्गिय पिता भिमबहादुर खत्री पनि तत्कालिन जिल्ला पञ्चायतको सदस्य हुँदै लामो समय देखि राजनितीमा होमिएका व्यक्ति थिए । उनकै प्रेरणाबाट उनका माईला छोरा यमबहादुर नेपाली कांग्रेसमा र काईला छोरा ओमबहादुर नेकपा एमालेको सक्रिय राजनीतिमा लामो समय देखि जुट्दै आएका छन् ।

एक परिवारःतिन पार्टी

अहिले मात्र त्यस परिवारमा दुई भाई विच चुनावी प्रतिष्पर्धा चलेको होईन । पहिले देखि नै पाँचै भाई विचमा राजनैतिक कारणले तिक्तता रहँदै आएको थियो । एक समय जेठा दाजु नामबहादुर खत्री र माईला एमबहादुर नेपाली कांग्रेसमा आबद्ध थिए । साईला पुस्तकबहादुर र काईला ओमबहादुर नेकपा एमालेमा आवद्ध भई रहँदा कान्छा भाई रुद्रबादुर केसी राष्टिय जनमोर्चा हुँदै नेकपा माओवादीमा लागेर एक परिवार तिन पार्टीमा विभाजित बनेका थिए ।

उनिहरुका श्रीमति र छोरा छोरी विचमा पनि तिन अलग अलग पार्टीको प्रशंसा चलि रहँदा विपरित पार्टीका दाजु भाई बुहारी र भाउजु विचमा नाक मर्काउनेगरेको दृश्य छिमेकीका लागि रोमञ्चक बन्ने गर्दथ्यो ।

राजनीतीले चलेको व्यवसाय नै बन्द

नेपाली सेनामो मेडिकल लाईनमा सत्र वर्ष सम्म जागिर खाएर त्यहाँ सिकेको सिप र प्रमाण पत्र भिडाएर अहिलेका प्रतिष्पर्धी यी दाजु भाई एक दमै मिलेर लामो समय सम्म संगै मेडिकल सञ्चालन गरेका थिए ।

मेडिकल निकै चलिरहेको अवस्थामा भाई ओमबहादुर नेकपा एमालेको राजनितीमा खुलेर लाग्न थाले पछि दाजु यमबहादुरको मन दुखेर विभिन्न कारणदेखाई भाई संग गर्दै आई रहेको मेडिकल व्यवसायबाट छुट्टिएका थिए ।

भाई ओमबहादुर भन्छन्, हाम्रो परिवारमा १६ वटा भोट छन त्यस मध्ये मेरो श्रीमति र छोरा बुहारी सहित कम्तीमा ८ भोट मलाई आउने पक्का छ भने दाजुलाई त्यस्तै ७ भोट जाने आँकलन गरेको छु ।

उता दाजु ओमहादुरले भाईको आँकलनलाई नकार्दै भन्छन भन्न त जति पनि पाईयो, त्यसो त मेरा लागि हाम्रो परिवारले १० भोट मलाई दिन्छन् । यति बेला माईला भाई यमबहादुरका पक्षमा जेठा दाजु नामबहादुर र कान्छा भाई रुद्रबहादुरको परिवार सक्रिय भएका छन भने काईला एमाले उमेदवार ओमबहादुरका पक्षमा साईला पुस्तकबहादुरका परिवार जुटेका छन् ।

उता विवाहित उनिहरुका दुई वहिनीहरु पनि अलग अलग पार्टीमा आवद्ध छन् । चुनावी नजिकीदै गर्र्दा तिहारमा लहरै राखेर टिका लगाई दिने दुई दाजु मध्ये कुन चाँहीलाई समर्थन गर्ने भन्ने विषयमा उनिहरु पनि धर्म संकटमा परेका छन् । करिव १७ सय मत रहेको त्यस वडामा भारी मतले बिजयी हुने दुबै भाइको दावी रहेको छ ।

ससुरा बुहारी विच पनि त्यस्तै भीडन्त

ईस्मा गाउँपालिकाको वडा नम्वर ६ साविकको अमरपुरमा नेकपा माओवादी केन्द्रले ससुरा हुमबहादुर सार्कीलाई वडा सदस्यको उमेदवार खडा गर्न साथ नेपाली कांग्रेसको पालो उनकी वुहारी हुमकला सार्कीलाई वडा सदस्यमै उमेदवार उठाई दियो ।

ससुरालाई हराउन सक्नु होला ? भन्ने प्रश्नमा उनले भनिन–…जनताले मलाई जिताउने कुरामा म ढुक्क छु । फोनमा उनले त्यस्तो दावी गरी रहेकै बेला फोन सुनेर बसी रहेका उनका ससुराले अत्तालिदै बुहारीले गरी रहेको फोन मागेर दुई चार वटा कुरा आफुले पनि राख्ने ईच्छा जाहेर गरे ।

उनले भने, हेर्नुस् राजनीति हो बुहारी भन्ने कुरै हुन्न प्रतिष्पर्धा नचल्ने कुरै भएन, म जनयुद्ध काल देखि राजनीतिमा लागेको मान्छे हुँदा जनताले मलाई नै जिताउने कुरामा म पनि ढुक्क छु । २०७० साल सम्म नेकपा एमालेमा रहेकी बुहारी कांग्रेसमा लागेर अहिले उसले उमेदवार बनाएको उनि बताउँछिन् । उनका ससुरा भने २०५८ साल देखि नै माओवादीमा लागेको बताउँछन् ।

५० वर्षको नेटो काटी सकेका उनले नागरिकतामा वाहेक अहिले सम्म तस्वीर नखिचेको भन्दै उपलव्ध गराउन सकेनन् । ससुरा बुहारीको चुनावी चहल टक्करलाई गाउँमा रोचक ढंगले लिईएको त्यस वडा अध्यक्षमा कांग्रेस उमेदवार दलबहादुर कुँवरले बताए ।

चुनावी प्रचार तिब्र हुँदै जादा अन्य गाउँवडा र नगरहरुमा पनि कैयौ दाजुभाई, , श्रीमान श्रमती बिचमा समेत घरयासी सम्बन्ध खासै राम्रो छैन् । केहि दिन अघि चुनावी वादबिवादका कारण रेसुंगा नगरपालिकाको एक वडामा एमालेकी उम्मेदवार महिलाले कांग्रेसका उम्मेदवार जेठाजुलाई आक्रमण गरेकी थिइन् । उनिहरुलाई प्रहरीले मेलमिलाप गराएर पठाएको थियो ।

बाटो खन्ने कोदालो पनि पाएनन्

रेसुंगा नगरपालिकाको एक वडामा चुनावी प्रचारका लागी गाउँतर्फ लाग्दै गरेको अबस्थामा भारी वर्षाका कारण एमाले कार्यकर्ता चढेको गाडी हिलोमा फस्यो ।
सबैले एमालेको झण्डा अंकीत टिसर्ट लगाएका थिए । बाटो नजिकै कांग्रेसको घर परेछ ।

एमालेका एक कार्यकर्ताको पालो त्यो टिसर्ट खोलेर कांग्रेस जनको घरमा कोदालो माग्न पसे । माथीबाट त्यसघरका बुढाले चिहाएर बसेका रहेछन् । बुढाको
पालो टिसर्ट खोलेर आएकोले जाउँ एमाललेलाई कोदालो दिईन्न भनेर पठाएछन् ।

रित्तै फर्केर आउँदा एमाले जनलाई बुढा प्रति रिस भन्दा हाँसोको पैरालो भएछ र ढुङ्घा खोजेर फसेको गाडी निकालेर फर्किएछन् । यस सम्वन्धमा नेकपा एमाले गुल्मीका प्रचार विभाग प्रमुख जंग नेपालीले त्यस गाउँबाट केहि कांग्रेस कार्यकर्ता आफुहरुको पार्टीमा प्रवेश गराएकोले त्यहाँका कांग्रेसजनहरु रिसले चुर भएर त्यसो गरेको हुन सक्ने बताए ।

तस्वीरमा दुई दाजु भाई र ससुरा संग प्रतिष्पर्धामा उत्रेकी बुहारी

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *