नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित

काठमाडौ २०७४ जेठ २३ । नेपाली काँग्रसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनी नेपालको ४० सौँ प्रधानमन्त्री हुन् भने उनी यो समेत चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।

आजको संसद बैठकमा उपस्थित ५५८ जना साँसदहरुमध्य ३८८ जनाले देउवालाई मतदान गरेका थिए भने उनको विपक्षमा १७० मत परेको थियो ।
गलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए । प्रधानमन्त्री पदका लागि देउवाकोमात्रै उम्मेदवारी परेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *