शान्ति समिति पर्वतको संयोजकमा शर्मा सर्वम्मत

पर्वत २०७४ जेठ २३ । स्थानीय शान्ति समिति पर्वतको संयोजकमा मनरुपा शर्मा सुवेदी सर्वसम्मत रुपमा चयन भएकी छन् । शान्ति समितिको १५ औ संयोजकका रुपमा उनी सोमबार सर्वम्मत रुपमा चयन भएकी हुन् । पीडितको तर्फदेखि शान्ति समिति पर्वतको संयोजकको रुपमा सोमबार चयन भएकी उनलाई निवर्तमान संयोजक गणेश पौडेलले पदभार हस्तान्तरण गरेका छन् । सोमबारनै पदस्थापना कार्यक्रमको आयोजना गरी उनलाई जिम्मेवारी हस्तान्तरण गरिएको कार्यलयका सचिव किशोर सुवेदीले बताए ।

सुवेदी आफै पनि पीडित भएकोले पीडितको भावना सहजरुपमा बुझ्ने र सोही अनुसार काम गर्नेमा आफूहरु विश्वस्त रहेको पीडितले बताएका छन् ।

शान्ति समितिको संयोजकमा चयन भएकी सुवेदीले जिल्लाका पीडितको हक र अधिकारको लागि लड्ने बताएका छिन् । उनले आफ्नो कार्यकालमा पीडितहरुको हक र अधिकारलाई स्थापित गर्नको लागि केन्द्रीय स्तरसम्म पहल गर्ने र सोही अनुसार व्यवस्था मिलाउने बताएका छिन् ।

विगतको समयमा राजनीतिक विवादका कारण पीडितले न्याय प्राप्त गर्नको लागि कठिन भएको भन्दै अब त्यसो नहुने उनको भनाई छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *