काँग्रेस सभापति देउवाको प्रधानमन्त्रीको अर्को जनघाती कार्यकाल सुरुः नेता ज्ञवाली

प्रेम सुनार, गुल्मी २०७४ जेठ २३ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री कार्यकाल सदैव काण्डै काण्डको कार्यकाल बन्दै आएको र अवको कार्यकाल पनि थप जनघाति कार्यकाल सुरु हुन लागेको आरोप लगाएका छन् ।

नेता ज्ञवालीले गुल्मीको मुसिकोट नगरपालिकामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै कांग्रेस सभापति देउवा माथी यस्तो आरोप लगाएका हुन् ।

उहाँ प्रधानमन्त्री हुँदा कहिले भ्रष्टाचारका काण्डहरु घटे त कहिले राजालाई जनताको अधिकार बुझाउने कामहरु भए, नेता ज्ञवालीले भने अहिले पनि नेपाली कांग्रेसको सिद्धान्तलाई स्वाह पार्दै सत्तामा जान उहाँलाई निकै हतार भएको छ ।

उनले सत्ताका लागि कांग्रेस सभापति देउवा र माओवादी अयक्ष प्रचण्ड दुवैले पार्टीको सिद्धान्तलाई वेवास्ता गरेको भन्दै खवरदारी गर्न कांग्रेस र माओवादीका कार्यकर्तालाई सुझाव दिए । ज्ञवालीले नैतिक रुपमा आफुहरुले भरतपुर महानगरपालिका जितेको उद्घोष समेत गरे ।

चुनावकै दिनबाट खेल शुरु भएको हो, उनले भन,े बिचबिचमा धेरै प्रयास गरेर अन्त्यमा मतपत्र च्यातियो । उनले एमालेको जनलहर प्रति घेराबन्दी गरिरहेका दलहरुलाई निर्वाचन आयोगले समेत साथ दिएको आरोप लगाए ।

ज्ञवालीले पछिल्लो समय कांग्रेस, माओवादी केन्द्र र मधेशबादी दल दोस्रो चरणको चुनाव पक्षमा नरहेको दोषारोपण समेत गरे । उनले पहिलो चरणको चुनावमा एमालेलाई पत्तासाफ पार्ने र अविर र माला लगाए अर्को चुनाव गर्ने सत्तापक्षको योजना तुहिएको बताए । प्रचण्डजीलाई छोरी मेयर भए पुग्यो, देउवालाई प्रधानमन्त्री चाहिएको छ, ज्ञवालीले भने, यी दुईबिचको चंगुलमा पार्टी र देश फस्यो ।

उनले चुनाव गर्ने उदेश्य नभएर नै सरकारले चुनावका मिति सारिरहेको प्रतिक्रिया दिए । मध्ये बर्खामा चुनाव गरेर किसानहरु माथी अन्याय सरकारले गरेको उनको आरोप थियो । गाउँ गाउँमा बर्खाले बाटाघाटा छैनन, ज्ञवालीले भने, मतदानमा किसानहरु कम सहभागी भए चुवान जित्छौ भन्ने सत्तापक्षको पुर्वाग्रही निर्णय हो ।

नेकपा एमालेबाट मेयर पदका उमेदवार सोमनाथ सापकोटा र उपमेयर उमेदवार कमला शर्माले मुसिकोट नगरपालिकालाई नमुना नगरपालिका बनाउने उद्घोष गरेका छन् ।

फोटो- एमाले मुसिकोट नगरपालिकाको कुर्घा भुवाचिदीमा संबोधन गर्दै एमाले सचिव प्रदिप ज्ञवाली ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *