निसीखोला गाउपालिका- ४ का वडा सदस्य रेग्मीको निधन

छविलाल पाण्डे, बुर्तिवाङ २०७४ जेठ २३ । निसीखोला गाँउपालिकाका नवनिर्वाचित वडा सदस्य ददिराम रेग्मीको निधन भएको छ ।

स्थानीय तह चुनाबमा निसीखोला गाँउपालिका वडा नँ ४ मा वडा सदस्यमा निर्वाचित भएका ६७ बर्षिय ददिराम रेग्मीको गए राति निधन भएको हो ।
सोमबार दिँउसो निर्वाचन अधिकृत सञ्जय अधिकारीलाई बिदाई गरेर साँझ आफनै गाँउमा छैटी कार्यक्रममा सहभागि भई भजन कृतनमा रमाईरहेका उनको रातको करीब ११ ः ३० बजे बसिरहेको स्थानमै अचानक ढलेपछि निधन भएको स्थानीयले बताएका छन् ।

२०५४ को स्थानीय चुनाबमा साविकको वोहोरागाँउ गाविस वडा नँ ६ को वडा अध्यक्ष तथा नेपाली काँग्रेसका सक्रिय कार्यक्रता रेग्मी सामाजिक कार्यमा समेत सक्रिय थिए । मँगलबार नेपाली काँग्रेस निसीखोला गाँउपालिकाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको छ ।

कार्यक्रममा निसी खोला गाँउपालिका प्रमुख तारानाथ पौडेल, उपप्रमुख शोभा कार्की, वडा अध्यक्ष एवम नेपाली काँग्रेस गाँउपालिका सभापती ईन्द्र मल्ल, महाधिबेशन प्रतिनीधि टेकराज पौडेल , गाँउपालिका अधिकृत , बिभिन्न वडा अध्यक्ष, वडा सदस्य लगाएतले शोकसभा सहित श्रद्धाञ्जली दिइएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *