विश्व वातारण दिवसमा बुर्तिवाङ सुनसान : ढोनपा न नगर विकास, कसैले राखेनन् चासो !

बुर्तिवाङ २०७४ जेठ २२ । देशको १० नमुना शहर आयोजनामा परेको जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा आज विश्व वातावरण दिवसको अवसरमा कुनै कार्यक्रमहरु भएनन् । दिवसको अवसरमा नेपालभर वातावरण संरक्षण र वातावरणीय सरसफाइका बारेमा सचेतना ¥याली, वृक्षारोपण, तथा सरसफाई अभियान चलिरहँदा दुर्गन्धित बन्दै गएको बुर्तिबाङ बजार भने सुनसान बन्यो ।

नगरक्षेत्रलाई सफा, स्वच्छ र सुन्दर राख्नको लागि न ढोरपाटन नगरपालिका न नगर विकास समिति न प्रहरी न प्रशासन न स्थानीय सामाजिक संघसंस्थाहरुले विश्व वातावरण दिवसमा कुनै कार्यक्रम नै आयोजना गरे ।

नगरपालिका प्रमुख तथा उपप्रमुखको आफ्नै कार्यव्यस्तताको कारण विश्व वातावरण दिवसको अवसरमा कार्यक्रम सञ्चालन गर्न नसकिएको ढोनपाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताए । आजको यो विशेष दिनमा आयोजना गरेको कार्यक्रमले मतदाताको भरोसा जित्न सक्ने भएपनि नवनिर्वाचित जनप्रतिनीधिहरु भने यसबाट चुके ।

उता भरखरै नगर विकास समिति बुर्तिवाङको अध्यक्ष नियुक्त भएका मेषनाथ शर्माले विश्व वातावरण दिवसमा बुर्तिवाङ बजारको सरसफाई गर्ने अपूर्व अवसर नै गुमाए ।

बजार क्षेत्रलाई सफा र सुन्दर बनाउनको लागि महत्वपूर्ण जिम्मेवारी बोकेको नगरविकास समिति नै बेखवर रहनु राम्रो पक्ष नभएको बजारबासीको गुनासो छ ।

नगरविकास समितिले फोहोर व्यवस्थापन एवं विसर्जनका लागि उपयुक्त डम्पिङ साईटको व्यवस्था नगर्नाले बजार दुर्गन्धित बन्दै गएको र फोहर सबै बडीगाड नदी किनारमा फालिदिेने गर्दा नदीको जल समेत प्रदुषित बन्नगै जलचरहरुको मृत्यु हुने संभावना बढेको स्थानीयले बताएका छन् ।।

बजारबासीले नदीकिनारमा जथाभावी फोहोर फाल्दा नमुना शहरको योजनामा परेको बजार नै कुरुप बन्दै गइरहेको छ । न त नगर विकास समितिले फोहोर फाल्नको लागि निश्चित स्थानको व्यवस्था गर्न सकेको छ न त बजार बासीहरुलाई नदी किनारमा फोहोर फाल्न छुट नै दिइएको छ । त्यसैले बजार बासीहरुले साँझको समयमा नदी किनारमा फोहोर फाल्ने गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *