तनाव व्यवस्थापन एवं स्वस्थ जीवन शैली बारे ५ दिने प्रशिक्षण सुरु

ब्रह्माकुमारी स्मृति, बागलुङ २०७४ जेठ २२ । गौरी धाम शिवमन्दिर उपल्लाचौरमा तनाव व्यवस्थापन एवं स्वस्थ जीवन जिउने कला विषयक ५ दिवसीय प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

विश्वव्यापी रुपमा बढ्दै गएको तनावबाट मुक्त भएर स्वस्थ जीपनयापन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा राजयोगिनी ब्रह्माकुमारी जानकीले प्रशिक्षण दिदै अनेक प्रकारका तनावबाट मुक्ति पाउनको लागि स्वयंको अस्तित्व एवं मानवीय मुल्यको जगेर्ना भएमा मात्र तनावबाट मुक्त हुने धारणा व्यक्त गरिन् ।

कार्यक्रमको शुभारम्भ गर्दै बागलुङ नगरपालिका वडा नं ४ का अध्यक्ष्य धु्रव बहादुर केसीले हरेक व्यक्तिमा तनाव भएको र कतिपय व्यक्ति तनावका कारण कुलतमा लागिरहेको बताउदै यो शिक्षा अति नै आवश्यक रहेको बताए । केसीले जव व्यक्ति तनावबाट मुक्त बन्छ तब सहि निर्णय लिन सक्ने बताए ।

कार्यक्रममा विश्व विद्यालयकी क्षेत्रीय प्रमुख सावित्री दिदीले तनाव धेरै प्रकारका हुन्छन् । त्यसमा पनि अहिलेको समयमा तनाव विशेष गरि तुलना गर्नाले उ भन्दा म के कम भन्ने होडबाजीले गर्दा भएको बताईन् ।

ब्रम्हकुमारी स्मृतीको संचालन र ब्रम्हकुमारी शान्तिको स्वागत मन्तव्य भएको प्रशिक्षण कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो । प्रशिक्षण शुक्रबार सम्म चल्ने छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *