हटिया र सेरा बजार सरसफाई गर्दै गल्कोटमा मनाईयो विश्व वातावरण दिवस !

गुमानसिँह भण्डारी, गल्कोट २०७४ जेठ २२ । गल्कोटको हटिया बजारमा विश्व वातावरण दिवस सोमबार ‘प्रकृतिसँग हाम्रो सम्बन्ध रहिरहोस् अनन्त’ भन्ने नाराका साथ मनाईएको छ ।

प्रकृतिको सन्तुलनले मात्र मानव अस्तित्वको संरक्षण हुन सक्ने भन्दै यस वर्ष यो नारा तय गरिएको हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाइने गरिन्छ । प्रकृति, प्राकृतिक वातावरण, वन र जैविक विविधतालाई जोगाउन सकेमा मात्र वातावरणीय दुष्परिणाम, जलवायु परिवर्तनका नकारात्मक प्रभाव तथा विपद न्युनीकरण सकिने विज्ञहरुको भनाई छ ।

गल्कोट नगरपालिकाको आयोजनामा गल्कोट नगरपालिका कार्यालय देखि हटिया बजार, सेराबजार हुदै हटियाबजार सरसफाई गरिएको थियो ।

दिवसको अवसरमा शुमकामना दिँदै गल्कोट नगरपालिकाका नवनिर्वाचित मेयर भरत शर्मा गैरेले मानवबाट जानेर वा अन्जानमा प्रकृतिप्रति अतिक्रमण भएको भन्दै यस्ता कार्यलाई निरुत्साहित गर्न सके स्वस्थ वातावरणमा रहन सकिने बताए ।

उनले गल्कोट क्षेत्रलाई सफा, सुन्दर बनाउनका लागी गुरुयोजना बनाईएको बताउदै सबैलाई स्वच्छ, स्वस्थ र सन्तुलित प्रकृति र प्राकृतिक वातावरणका लागि शुभकामना व्यक्त गरे ।

सरसफाई अभियानमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *