प्रधानन्यायाधीश सुशिला कार्की मुक्तिनाथ मन्दिर दर्शनका लागि जोमसोममा

केशव बि.क. मुस्ताङ २०७४ जेठ २२ । सर्वाेच्च अदालतका प्रधान न्यायाधीश सुशिला कार्की सोमबार मुस्ताङ आएकी छिन् । नेपाली सेनाको हेलिकप्टरबाट आज बिहान पौैने १० बजे कार्की मुस्ताङ जोमसोममा अवतरण गरेकी हुन ।

मुक्तिनाथ मन्दिर दर्शनका लागि कार्की मुस्ताङ आएको श्रोतले बतायो । सर्वाेच्चका ३ जना सहयोगी कर्मचारी सहित व्यक्तिगत यवं पारिवारिक भ्रमणका लागि कार्की मुस्ताङ आएकी हुन् ।

दिपायलबाट सिधै मुस्ताङ आएकी कार्की मुक्तिनाथ मन्दिरको दर्शन पश्चात पोखरा हुँदै काठमाण्डौँ जाने कार्यक्रम रहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *