ज्येष्ठ नागरिक, राधाकृष्ण मन्दिर तथा बहिरा आमाविव्दारा जनप्रतिनिधिको स्वागत

बागलुङ, २०७४ जेठ २१ । ज्येष्ठ नागरिक जिल्ला संघ र राधाकृष्ण मन्दिर सेवा समितिले बागलुङ नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षलाई स्वागत गरेको छ । आइतबार आयोजित एक समारोहमा प्रमुख जनक पौडेल, उपप्रमुख सुरेन्द्र खड्का र वार्ड नं. ३ का अध्यक्ष लक्ष्मी बास्कोटालाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै तीनै जना निर्वाचित जनप्रतिनिधिले बागलुङलाई समृद्ध बनाउने संकल्प गरेका छन् ।

चुनावका बेला गरेका प्रतिवद्धतालाई पुरा गर्दै अघि बढ्ने प्रमुख पौडेलले बताए । उनले ज्येष्ठ नागरिक पक्षमा बनेका ऐन, नियमको प्रभावकारी कार्यान्वयनमा जोड दिने उल्लेख गरे । ‘ज्येष्ठ नागरिकको हकहितमा राज्यले कानुन बनाएको छ, त्यसको कार्यान्वयमा हामी जोड दिन्छौं’ प्रमुख पौडेलले भने ‘नगरस्तरबाट गर्न सकिने काम र योजनाबाट पनि ज्येष्ठ नागरिकका मागलाई सम्बोधन गर्छौं ।’

उनले ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवन बाँच्न पाउने अधिकारको रक्षाको निम्ती सबै एकजुट हुनुपर्ने धारणा राखे ।

उपप्रमुख खड्काले ‘हाम्रो बागलुङ, राम्रो बागलुङ’ बनाउने प्रतिवद्धता व्यक्त गर्दै सबै खाले विकासका दृष्टिबाट बागलुङलाई समृद्ध बनाउने योजना आफूहरुसँग रहेको बताए । जनताका अपेक्षा धेरै रहेको भन्दै उनले समाजका सबै वर्ग र पक्षको समान विकासको आवश्यकता औंल्याएका थिए ।
वार्ड अध्यक्ष बास्कोटाले ज्येष्ठ नागरिकको लागि विशेष व्यवस्थाका साथै सामाजिक सुरक्षालाई प्राथमिकता दिइने उल्लेख गर्दै ज्येष्ठ नागरिकको लागि विश्राम स्थल र हेरचाह केन्द्रको निर्माण गर्ने योजना रहेको बताईन ।
कार्यक्रममा समाजसेवी देवबहादुर श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम संघका अध्यक्ष काजी रोशनको अध्यक्षता र समितिका उपाध्यक्ष रमेशकुमार राजभण्डारीको स्वागत मन्तव्य तथा सचिव हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी ९६ वर्षीय लालबहादुर थापा लगाएतका ज्येष्ठ नागरिकले आफ्ना जनप्रतिनिधिलाई पुष्पगुच्छाले स्वागत गरेका थिए ।
यसैगरी धौलागिरी आवसिय बहिरा माध्यमिक बिद्यालय बागलुङले पनि बागलुङ नगरपालिकाका नवनिर्वाचित मेयर उपमेयर वडा नम्वर १ का अध्यक्ष र सदस्यहरुलाई स्वागत एबं बधाई ज्ञापन गरेको छ ।
बिद्यालयले आज एक समारोहको आयोजना गरी नवनिर्वाचित मियर जनक पौडेल, उपमियर सुरेन्द्र खड्का वडा नम्वर १ का अध्यक्ष दुर्गा बहादुर बोहोरा र सदस्य लक्ष्मी बोहोरा, सुर्य केसी लगायतलाई फुलमाला र खादा सहित सम्मान एबं बधाई ज्ञापन गरेको थियो ।
सो अवसरमा बोल्दै नवनिर्वाचित मेयर जनकराज पौडेलले बहिरा बिद्यार्थी लगायत समग्र क्षेत्रको शैक्षिक सुधारका लागि आफुले सक्दो सहयोग गर्ने बताउदै धौलागिरी बहिरा बिद्यालय मुलुककै एक नमुना बिद्यालय रहेकोले बहिरा बिद्यार्थीको हकहितको लागि सबै सरोकारवालाले ध्यान पुर्याउनुपर्नेमा जोड दिए ।
त्यसैगरी कार्यक्रममा उपमेयर सुरेन्द्र खड्का लगायत अन्य प्रतिनिधीहरुले आफनो मन्तव्य व्यक्त गरेका थिए
सो अवसरमा बागलुङ्ग नगर कार्यपालिकाका सदस्य लक्ष्मी बोहोरा,बिद्यालय ब्यवस्थापन समितिका सदस्य सन्तोष पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम धौलागिरी बहिरा आवसिय माबि रामरेखाका संस्थापक अध्यक्ष केबीराना मगरको अध्यक्षता, प्रधानाध्यापक मधुसुधन निउरेको स्वागत मन्तब्य र शिक्षक रेशम बहादुर थापा र नविन शिशिर बिकको संचालनमा सम्पन्न भएको थियो ।
सो अवसरमा बर्षिक परिक्षमा उत्कृष्ट नतिजा ल्याउने एबं राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताका खेलाडीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा बहिरा बिद्यार्थीले नृत्य एबं खेल प्रदर्शन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *