बागलुङको नयाँ प्रजिअमा ऋषिराम तिवारी : प्रजिअ पाण्डेको गृह मन्त्रालयमा सरुवा !

पर्वत र मुस्ताङ जिल्लाको प्रजिअमा राजेश पन्थी र रामचन्द्र अधिकारी आउदै

बागलुङ, २०७४ जेठ २१ । गृह मन्त्रालयले बागलुङ, पर्वत र मुस्ताङ जिल्ला लगायत ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ११ सहसचिव र १५ उपसचिवको सरुवा गरेको छ ।

गृह मन्त्रालयका अनुसार बागलुङको प्रजिअमा ऋषिराम तिवारी, पर्वतको प्रजिअमा राजेश पन्थी र मुस्ताङको प्रजिअमा रामचन्द्र अधिकारी सरुवा भएका छन ।

यसैगरी काठमाडौँको प्रजिअमा बालकृष्ण पन्थी, ललितपुरमा राजकुमार श्रेष्ठ, कास्कीमा तारानाथ अधिकारी, धादिङमा महेश आचार्य, तनहुँमा रितेश शाक्य, नुवाकोटमा जगदीश बराल, दैलेखमा प्रकाशचन्द्र अधिकारी तथा मनाङमा सुनील खनालको सरुवा भएको छ ।

बागलुङका प्रजिअ भगिरथ पाण्डे, कास्कीका प्रजिअ हरि मैनाली र ललितपुरका प्रजिअ दीपक काफलेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रजिअ पाण्डे १५ महिना पहिले प्रजिअको रुपमा बागलुङ आएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *