लोप हुने अवस्थामा पाण्डबखानीको घाटु नाँच

सुरेश छन्त्याल, गल्कोट २०७४ जेठ २१ । गल्कोटका विभिन्न मगर बस्तीमा घाटु नाँच विरलै नाच्ने गरिएको छ । पाण्डबखानीमा घाटु संरक्षणको केही प्रयास भएपनि नयाँ पुस्ताले यसप्रति रुची नलिएपछ लोप हुने हो कि भन्ने चिन्ता बढेको छ। पाण्डबखानी ,र सिसाखानीका बुढापाखाहरु घाटु नाच्दै आएपनि अहिले युवापुस्ताले त्यसको संरक्षणमा खासै चासो दिएका छैनन्। विषेश गरि श्रीपञ्चमीमा विधिपूर्वक पुजाआजा गरि सुरु गरिने घाटु नाच पाण्डबखानीमा मातातिर्थ औँसीदेखि मध्य वैशाखसम्म नाचिन्छ। पुन वैशाख पुर्णिमाको अघिल्लो दिनदेखी मध्य जेठमा घाटु समापन गरिने घाटु संरक्षण समिति पाण्डबखानीका अध्यक्ष गिरिप्रसाद घर्तीले जानकारी दिए।

पाण्डबखानीमा बसोबास गर्ने मगरहरुले परम्परादेखि नै मनाउँदै आएको सति घाटुको यसवर्षको विधिवतरुपमा सम्पन्न गरिएको छ र घाटु गीत , नाचलाइ सेलाउने क्रममा यसवर्षको घाटु नाच समापन गरिएको घाटु गुरु गिरिप्रसाद थापाले जानकारी दिए। घाटु सेलाउने क्रममा विभिन्न देवीदेउताको नाम लिदै पुजाआजा गरि समापन गरिएको छ।

पाण्डबखानी काफ्रे गाउमा सबै गाउले जम्मा भएर घाटु नाच्ने चलन रहेको घर्तीले बताए। गलकोटको पाण्डबखानी तथा सिसाखानीमा नाचिने सति घाटु संरक्षणमा आफुहरु लागेपनि पछिल्लो समयमा युवापुस्ताले गाउँ छाड्ने क्रम बढेपछि पाण्डबखानीमा समेत घाटु लोप हुने घर्तीको चिन्ता छ। प्रत्येक वर्ष वैशाखमा पुर्णिमाको अवसरमा घाटु नाच प्रस्तुत गरिदै आएको छ। यश घाटुलाई जगाई राख्न हामी युवापुस्तामा हस्तान्तरण हुनु पर्ने र युवापुस्ताले चासो दिएमा घाटु संरक्षण हुने छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *