प्रकाश माध्यमिक विद्यालय ढोरपाटन ४ हुन्द्रफेदीको ४६ औँ वार्षिकोत्सव सम्पन्न

खेमराज अर्याल बुर्तिबाङ २०७४ जेठ २१ । ढोरपाटन नगरपालिका वडा नम्बर ४ खुंगा हुन्दा्रफेदीमा रहेको प्रकाश माध्यमिक विद्यालयको ४६ औँ वार्षिक उत्सव शनिवार सम्पन्न भएको छ ।

वार्षिकोत्सवका अवसरमा विद्यालयले चन्दादाता तथा जग्गादातालाई सम्मान गर्नुका साथै स्थानिय तह निर्वाचनमा वडा नम्बर ३ र ४ बाट निर्वाचित जनप्रतिनिधीलाई समेत सम्मान गरेको छ ।

सो अवसरमा विद्यालयले विद्यालयका चन्दादाता जग्गादाताका साथै ताराखोला गाँउपालिकाकी नवनिर्वाचित उपाध्यक्ष दिल कुमारी पुन ढोरपाटन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हेमेन्द्र घर्ती वडा नम्बर ४ का अध्यक्ष तिलक पुन लगाएत सम्पुर्ण वडा सदस्यहरु एवं जनजागृती माध्यमिक विद्यालयका श्रोतव्याक्ति हरीचन पाण्डे उत्तरगंगा माध्यमिक विद्यालय स्रोतकेन्द्रका स्रोतव्याक्ति वेद वहादुर बुढालाई फुलमाला अविर तथा दोसल्ला ओढाएर सम्मान गरेको थियो ।

वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रथम तथा व्दितिय स्थान हासिल गर्ने विद्यार्थी एवं अघिल्लो शैक्षिक सत्रमा कक्षा प्रथम र द्धितिय स्थान हासिल गर्ने विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलक पुन वडा नम्बर ३ का अध्यक्ष हेमेन्द्र घर्ती ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिल कुमारी पुन शिक्षक मोहन विक्रम सापकोटा विद्यार्थी वाल कुमारी अर्गेजा शिवालय माध्यमिक विद्यालयका शिक्षक नन्दराम गौतम जनजागृती माध्यमिक विद्यालय बोंगादोभानका स्रोतव्याक्ति हरिचन पाण्डे उत्तरगंगा माध्यमिक विद्यालय स्रोतकेन्द्रका स्रोतव्याक्ति वेद वहादुर बुढा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख बहादुर राना लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा प्रध्यानाध्यापक दुर्गा वहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरख बहादुर रानाको अध्यक्षता शिक्षक इश्वरी शर्माको स्वागत मन्तव्य र शिक्षक भिम वहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *