धौलागिरी टेलिभिजनव्दारा काठेखोलाका प्रमुख थापाको स्वागत

बागलुङ, २०७४ जेठ २० । धौलागिरि टेलिभिजन प्रा.लि. बागलुङले काठेखोला गाउँपालिकाको अध्यक्षमा निर्वाचित प्रालिका लेखा समिति सदस्य अम्मरबहादुर थापालाई शनिवार वधाई ज्ञापन गर्नुका साथै शुभकामना व्यक्त गरेको छ ।

प्रालिका तर्फबाट शनिवार आयोजित एक कार्यक्रममा संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ, उपाध्यक्ष दयाराम पौडेल, सचिव रामबहादुर जिसी, कोषाध्यक्ष अशोककुमार श्रेष्ठ, सञ्चालकहरु मनोजकुमार श्रेष्ठ, प्रकाश पौडेल, सुन्दर श्रेष्ठ, लेखा समितिका संयोजक सिद्धार्थ मिलन श्रेष्ठ, सदस्य केशव सुवेदी, सल्लाहकारहरु कमलप्रसाद श्रेष्ठ र नवराज पौडेलले सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै काठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थापाले मुलुकको समृद्धिका लागि सञ्चार क्षेत्रको भूमिका प्रभावकारी रहेको भन्दै काठेखोलाको विकासमा पनि सञ्चार क्षेत्रको सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।

धौलागिरि टेलिभिजनले यो क्षेत्रको विकासमा निरन्तर रुपमा सञ्चार सामाग्री प्रशारण गरेर सहयोग गर्दै आइरहेको भन्दै उनले आगामी दिनमा समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

धौलागिरि टेलिभिजनका अध्यक्ष राजकुमार श्रेष्ठले वधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै जनताको अपेक्षा अनुसार काम गर्नका लागि सञ्चार क्षेत्रका तर्फबाट सहयोग गर्ने बताए ।

कार्यक्रम प्रालिका अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष दयाराम पौडेलको स्वागत र सचिव रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *