बागलुङमा घटना दर्ता अनलाईन मार्फत गर्ने तयारी

कमल पौडेल खर्वाङ २०७४ जेठ २० । घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणमा सुचना प्रणलीको प्रयोग सम्वन्धी चार दिने तालिम खर्वाङमा सुरु भएको छ ।

बागलुङ क्षेत्र नं. ३ भित्रका वडा सचिव तथा सामाजिक परिचालकहरुको लागि संचालन गरिएको तालिममा जिल्ला समन्वय समिति बागलुङका मिन वहादुर थापा र राजेन्द्र शर्माले सहजिकरण गरिरहेका छन् ।

आज भएको उद्घाटन कार्यक्रममा वडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले सरकारी सेवा प्रविधि मैत्री हुनु पर्ने वताए ।

कार्यक्रम वडीगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष विष्णु भुसालको अध्यक्षता, वडा सचिव गिता पौडेलको स्वागत मन्तव्य तथा थम्मन रेश्मीको संचालनमा सम्पन्न भएको थियो ।

तालिम पश्चात व्यक्तिगत घटनाका कार्य सुचना प्रणाली मार्फत गर्ने वताईएको छ । यस अघि जेठ १५ गते वाटै घटनादर्ता सुचना प्रणाली मार्फत गर्ने वताइएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *