बुर्तिवाङ नगरविकास समिति : शेरचनको ठाउँमा शर्मा

बुर्तिवाङ २०७४ जेठ २० । बुर्तिवाङ नगरविकास समितिको अध्यक्षमा मन्त्री अर्जुननर्सिँह केसीले नेपाली काँग्रेसका स्थानीय नेता मेषलाल शर्मालाई नियुक्त गरेका छन् । उनी समितिका पूर्व अध्यक्ष अर्जुन शेरचनको ठाउँमा नियुक्त भएका हुन् । शेरचनको पदावधि गत चैत मसान्तमा सकिएको थियो ।

बुर्तिवाङ नयाँ शहर योजनाका लागि जगा खरीद प्रकरण विवादमा चुलिएको बेला शर्मा नगर विकास समितिको अध्यक्षमा नियुक्त भएकाले नयाँ शहर योजनालाई कार्यान्वयन गर्ने क्रममा उनको भूमिका कस्तो रहन्छ चासोपूर्वक हेरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *