ईप्रका बुर्तिवाङमा भएको सर्वपक्षीय सहमति पछी काउण्टरको ताला खोलियो, यातायात सुचारु !

बुर्तिवाङ, २०७४ जेठ २० । हिँजो शुक्रबार साँझ नेकपा एमाले निकट युवा संघ नेपालले बुर्तिबाङ स्थित पश्चिम नेपाल बस व्यवसायी समिति काउन्टरमा लगाएको ताला केहि समय अघी खोलिएको छ । यातायातको काउन्टरमा ताला लगाइएपछि चौतर्फी विरोध भएको थियो ।

यहाँ स्थित यातायात व्यवसायी समितिले काउन्टरमा लगाइएको ताला खोली सेवा सूचारु गर्न संयुक्त रुपमा एकीकृत सेवा केन्द्रमा ध्यानाकर्षण पत्र समेत बुझाएपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङमा भएको सर्वपक्षिय सहमतिबाट ताला खोली सेवा सूचारु गर्ने सहमति गरिएको हो ।

पश्चिम नेपाल बस व्यवसायी समितिका तर्फबाट बुर्तिबाङ स्थित शाखा ईञ्चार्ज प्रेम तामाङलाई समितिले अवकास दिएको विरोधमा युवा संघले तामाङको पुनर्बहाली गरिनु पर्ने माग सहित शुक्रबार साँझ काउण्टरमा ताला लगाएको थियो ।

आज भएको सहमति अनुसार समिति र अवकास पाएका तामाङका विषयमा प्रशासनिक ढंगले समन्वय गरि आवश्यक छलफल गरिने गरि काउन्टरमा लगाइएको ताला खोल्ने समझदारी गरिएको जनाइएको छ । उता पश्चिमाञ्चल यातायात समितिका अध्यक्ष दधी खरेलले, समितिले गरेको निर्णय यथावत रहने र चित्त नबुझेको व्यक्ति श्रम विभागमा उजुरी गर्न जानसक्ने अवस्था रहने बताए । समितिले गरेको निर्णय कुनैपनि हालतमा फिर्ता नहुने भन्दै खरेलले, समितिको विधि विधान र निती विपरित कार्य गरे जो कसैलाई निलम्बन गर्न सकिने विधानतः प्राव्धान अनुसारनै हटाइएको जानाकारी दिए ।

ताला बन्दीका विषयमा बुर्तिबाङ स्थित यातायात व्यवसायी समितिहरु बुर्तिबाङ यातायात व्यवसायी समिति, ढोरपाटन यातायात व्यवसायी समिति, संयुक्त यातायात व्यवसायी संघ, मध्यमाञ्चल यातायात व्यवसायी संघ, धवलागिरी जीप व्यवसायी संघ र पश्चि नेपाल बस व्यवसायी संघले संयुक्त रुपमा तालाबन्दी खोल्न प्रशासनलाई आग्रह गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *