अपडेट : टिकट काउण्टरमा ताला लगाउनेमा मेयर सहितका प्रतिनिधीको संलग्नताको आरोप !

काउण्टरमा तालाबन्दी र यातायात सन्चालन गर्न रोक लगाईएकोमा चौतर्फी बिरोध !

बुर्तिबाङ २०७४ जेठ २० । बुर्तिबाङ स्थित पश्चिमाञ्चल यातायात समितिको काउन्टरमा युवा संघ नेपालले ताला लगाएपछि चौतर्फी विरोध भैरहेको अवस्थामा अहिले आएर शुक्रबार साँझ काउण्टरमा ढोरपाटन नगरपालिकाका नवनिर्वाचित मेयर/उप मेयर, वडाका प्रतिनिधिहरु सहित पुगेर तालाबन्दी गरेको व्यापक भएपछी घटनाले नयाँ रुप लिएको छ । प्रतिनिधीहरु नै तालाबन्दी गर्न हिँड्नु पदीय मर्यादा विपरीत भएको भन्दै यसकार्यको घोर निन्दा हुन थालेको छ ।

बुर्तिबाङबाट निःशुल्क बस सेवा सूचारु गर्छु भन्दै चुनावी नारा बनाएका नगर प्रमुख देव कुमार नेपाली आफै किन तालाबन्दी गर्न आए यो कस्तो चरित्र हो ? काउन्टर प्रतिनिधि रामप्रसाद आचार्यले प्रश्न गरे । यही तरिका हो भने जनताले कस्ता जनप्रतिनिधि चुनेछन् र कसरी चुनिएछन भन्ने स्पष्ट भएको समेत आचार्यले बताए ।

नगर प्रमुख नेपाली सहित उपप्रमुख तथा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरु समेत संलग्न भएको विषयमा नगर प्रमुख नेपालीले उक्त विषय समस्याको विषय भएको तर आफ्नै नेतृत्वमा ताला लगाएको भन्ने गलत र भ्रम छरिएको बताए ।

विषयवस्तु आफूसँग पनि आएको र त्यसको समाधान कसरी गर्ने भनी आफूले प्रशासनिक निकाय र प्रहरी समक्ष जानाकारी गराएको बताउँदै आफै उपस्थित भएर आफ्नै नेतृत्वमा ताला लगाएको भन्दै आफू विरुद्धको एक खेमाको निराधार आरोप रहेको नेपालीको भनाई छ ।

उता पश्चिमाञ्चल यातायात समितिका अध्यक्ष दधि खरेलले भने, तामाङ आफै अहिले काउन्टरमा कार्यरत रामप्रसाद आचार्यलाई स्थाई गर्नुपर्छ भन्दै आएको र पछि उनैलाई हटाउनु प-यो भन्ने जस्ता अनावश्यक माग राखि समितिमाथि आफै हावी हुन खोजेका कारण यस्तो अवस्था आएको बताए ।

संस्थाकोे नियम, प्रक्रिया मिचेर यातायात व्यवसायीलाई अनावश्यक रकम असुल्ने, रित्तो गाडी पठाउने, संस्थाकै मान मर्यादा माथि प्रश्न चिन्ह
उठने गरि काम कार्वाही गरेकाले सिंगो समितिको निर्णय अनुसार उनलाई अवकास दिइएको अध्यक्ष खरेलले बताएका छन् ।

यता अवकास पाएका प्रेम तामाङले, आफूमाथि राजनैतिक पुर्वाग्रह राखेर बुर्तिबाङ स्थित केही व्यक्तिहरुको पहुँच र निर्देशनका आधारमा आफूलाई निराधार आरोप लगाई जोर जवरजस्ती तरिकाले निकालिएको बताएका छन् ।

पश्चिमाञ्चल यातायात समितिले आफूलाई आवश्यक पर्दा प्रयोगमा ल्याउने र अहिले आठ आठ वर्ष स्थाई भई सेवामा लागेको व्यक्तिलाई राजनैतिक पुर्वाग्रह राखेर गलत काम गरेको भनाई छ ।

यस बिषयमा यहाँ स्थित क्रान्तिकारी माओबादीका नेता गुञ्ज भण्डारीले सहमती र सम्बादको पक्षमा जानुपर्ने तर यातायात ठप्प पारेर जनतालाई दुख दिने काम गर्न नहुने बताए ।

घटनाको बुर्तिबाङ बसपार्क स्थित सबै यातायात व्यवसायी समितिका काउन्टर प्रतिनिधिहरुले गलत भएको भन्दै विरोध जनाएका छन् । यस विषयमा पत्रकार सम्मेलनको समेत तयारी भइरहेको बताएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *