विषाक्त खानाले आमा छोराको मृत्यु, सासू ज्वाईँको अवस्था गम्भीर

म्याग्दी २०७४ जेठ २० । रहुगंगा गाउपालिका पात्लेखर्ककी २० वर्षिया चीना गुरुङ र उनको १ वर्ष २ महिनाको छोराको विषाक्त खानाले मृत्यु भएको छ । उनी श्रीमान प्रेम गुरुङ सहित १४ महिनाको छोरा लिएर केहि दिन पहिले मंगला गाउपालिका ५ छिस्वाङ माईती आएकी थिईन् ।

शुक्रवार विहान आलु र भेन्टाको तरकारी सित ढीँडो खाँएपछी बेहोस भएका थिए । चीनाको उपचारको क्रममा बेनी अस्पतालमा र छोराको पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा शुक्रवार नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही विषाक्त खाना खाएका उनका श्रीमान प्रेम गुरुङ र उनकी आमा झपिकला प्रज्ञाको गम्भीर अवस्थामा पोखरामा उपचार भैरहेको बताईएको छ ।

उनिहरुले प्रयोग गरेको पीठो र तरकारी केन्द्रिय प्रयोगशालामा परीक्षणका लागि पठाईएको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *