पुनर्बहालीको माग गर्दै बुर्तिबाङ स्थित पश्चिमाञ्चल यातायातको काउण्टरमा ताला

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ जेठ २० । पश्चिमाञ्चल यातायात समितिको काउन्टरमा ताला लगाइएको छ । पश्चिमाञ्चल यातायात समिति बुर्तिबाङ शाखाका ईञ्चार्ज प्रेम तामाङलाई समितिले अवकास दिएको भन्दै पुनर्बहाली गरिनु पर्ने माग सहित नेकपा एमाले निकट युवा संघ नेपाल ढोरपाटन नगर संगठन कमिटिले हिजो साँझ बुर्तिबाङ स्थित पश्चिमाञ्चल यातायातको काउण्टरमा ताला लगाएको हो ।

तामाङ ८ वर्षसम्म स्थाई कर्मचारीका रुपमा कार्यरत रहेको र हालै सम्पन्न स्थानीय तह निर्वाचनको सम्मुखमा आएर अवकास दिनु जायज नभएको भन्दै तत्काल पुर्नवहालीको लागि दवाव स्वरुप यस्तो निर्णय गरिएको युवा संघ नेपालका संगठन संयोजक वीरबहादुर विश्वकर्माले बताए ।

उता अवकास पाएका तामाङले, राजनैतिक पुर्वाग्रहका कारण आफूमाथि यस्तो व्यवहार गरिएको बताउँदै मलाई के कारणले हटाउनु परेको हो स्पष्ट नपारी एक्कासी अवकासको जानकारी गराइएको बताए ।

पश्चिमाञ्चल यातायात समितिमा माओवादी केन्द्रको हालीमुहाली रहेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा देवकुमार नेपाली एमाले प्रवेश गरी मेयरमा उम्मेदवारी दिएपछी तामाङ पनि नेपालीसँगै एमाले बनेको आरोपमा उनलाई अवकास दिईएको बताईएको छ । यस सम्वन्धमा समितिका अध्यक्ष दधि खरेल संग जानकारी लिन खोजेको तर फोन सम्पर्क हुन सकेन ।

युवा संघ नेपालले उक्त घटनाका विषयमा एक विज्ञप्ति प्रकाशन गरि समितिका पदाधिकारीहरुले अवकास दिनुको कुनै कारण र स्पष्ट जवाफ दिन नसकेको तथा तत्काल पुनर्वहाली नगरिएसम्मका लागि काउण्टरमा तालाबन्दी गरि बुटवल आउन तथा जानका लागि पश्चिमाञ्चल यातायातका सवारी निशेध गर्ने कदम चाल्ने उल्लेख गरिएको छ ।

यसैवीच यस यातायातबाट बुलवलका लागि चल्ने बस सेवा अवरुद्ध बनेको छ । यात्रुवाहक जीपहरुभने सन्चालनमा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *