वडिगाड गाँउपालिका-९ को विकृती र विसङ्गती न्युनिकरण गर्ने पहिलो निर्णय

खेमराज अर्याल, बुर्तिबाङ २०७४ जेठ १९ । बागलुङ जिल्लाको वडिगाड गाँउपालिकाले पुर्णता पाएसँगै आज वडा नम्बर ९ मा वडा अध्यक्ष तथा सदस्यहरुलाई पदभार ग्रहण गराईएको छ । वडा नम्बर ९ का नवनिर्वाचित वडा अध्यक्ष कृष्ण वहादुर खत्रीलाई सोही वडाका सचिव तारानाथ पौडेलले तथा अन्य निर्वाचित सदस्यहरु तारा वहादुर बुढाथोकी युद्ध वहादुर केसी मैसरा दमाई र सुमित्रा केसीलाई वडा अध्यक्ष खत्रीले पदभार ग्रहण गराएका थिए ।

आजै पदभार ग्रहण गरिसके पछी वडा नम्बर ९ का जनप्रतिनिधीको पहिलो वैठकले सामाजिक विकृती र विसङ्गती न्युनिकरण गर्ने निर्णय गरेको
थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *