संपूर्ण नगरवासीको प्रतिनिधी भै विकास निर्माण र नगरवासीको सुख दु:खमा साथ दिन्छु- नेपाली

ढोरपाटन नगरपालिकाको पहिलो बैठक एवं परिचयात्मक कार्यक्रम सम्पन्न

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ जेठ १९ । ढोरपाटन नगरपालिकाको पहिलो बैठक एवम परिचयात्मक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गत बैसाख ३१ गतेको निर्वाचन र जेठ १८ गते कार्यपालिका तहमा चुनिएर आएका जनप्रतिनीधिको उपििस्थतिमा सर्वदलीय सर्वपक्षीय भेला सँगै सुभकामना आदान प्रदान र परिचयात्मक कार्यक्रम गरिएको हो ।

आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिका प्रमुख देब कुमार नेपालीको अध्यक्षता, उपप्रमुख कर्मती घर्ति, राजनैतिक दलहरु, नौ वडाका अध्यक्ष एवम अन्य सदस्यहरु, पत्रकार, बिभिन्न सघ संस्थाका बिचमा उतm कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै आज नै भावी योजना र रणनीती बिषयक निर्वाचित पदाधिकारी बिच छलफल समेत भएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका शालीकराम शर्मा, नेकपा एमालेका मोहनलाल शर्मा, माओबादी केन्द्रका रामप्रसाद आर्चाय, राजमोका धर्म कुवँर, क्रान्तिकारी माओबादीका गुञ्ज भण्डारी लगाएतले शुभकामना मन्तब्य ब्यतm गर्दे पाँच बर्ष सम्म नगरलाई नमुना बनाउने र सबै जनताको सुख दु:खमा साथ दिन सुझाब समेत दिए ।

कार्यक्रममा मेयर नेपालीले बोल्दै आफुहरु अबको पाँच बर्षसम्म कुनै दलको नभई समग्र ढोरपाटन नगरवासीको प्रतिनिधी भएका कारण हरेक बिकास निर्माण र जनताको सुख दु:खमा अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम नगरपालीका कार्यकारी अधिकृत रामप्रसाद आर्चायको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच ढोरपाटन नगरपालीकाका निर्वाचन अधिकृत केदारनाथ पौडेललाई शुक्रबार बिढाई गरिएको छ । गत बैसाख ५ गते नगरपालिकामा निर्वाचन गराउनका निम्ती आएका पौडेललाई नगरपालिकाको तर्फदेखि मायाको चिनो र सम्मानका साथ बिढाई गरीएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *