बेनी-१० की सुन्तली परियार सहित ४ जना महिलालाई भारत लैजाने क्रममा पक्राउ

म्याग्दी, २०७४ जेठ १९ । बेनी नगरपालिका–१० बस्ने २६ वर्षीया सुन्तली परियार समेत ४ जना महिलाहरूलाई भारततर्फ लैजाँदै गरेको अवस्थामा बाँके खजुरा गाँउपालिका–९ सिन्दुरे बस्ने ३० वर्षीय धनबहादुर शाही समेत ३ जनालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

बढैयाताल गाँउपालिका–३ भोलागौडी स्थित खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *