१ घण्टा कुराएर निम्तालुलाई उल्लु बनाएको बुर्तिवाङको पहिलो घटना ?

लेकेन्द्र निरासी, बुर्तिवाङ २०७४ जेठ १९ । नयाँ शहरी आयोजना बुर्तिबाङका बारेमा बिहीवार प्रमुख जिल्ला अधिकारी सहितको समुपस्थितिमा आयोजित अन्तरक्रियात्मक कार्यक्रम सरोकारवालालाइ एक घण्टासम्म कुराएर स्थगित गरिएको कार्यक्रम आज विहान हुने आयोजकले जानकारी दिएका छन् । नयाँ शहरी आयोजनाले पठाएको पत्रमा नयाँ शहर आयोजनाका लागि बस्ति विकासका विषयमा जग्गा गरिद र बसपार्क क्षेत्रमा अतिक्रमणमा परेको जग्गा हटाउने सवालमा छलफलका लागि बोलाइएको थियो ।

अन्तरक्रिया भनेर बोलाईएका सरकारवालाहरुलाई १ घण्टा कुराएर कार्यक्रम स्थगितगरी निम्तालुलाई उल्लु बनाएको सम्भवत बुर्तिवाङको पहिलो घटना हो ।

अन्तिम समयमा कार्यक्रम स्थगन भएकोभन्दै उपस्थित सहभागीहरुले यसरी जनताहरुलाई दु:ख दिन नहुने भनी आक्रोश व्यक्त गरेपछी आयोजनाका ईञ्जिनियर प्रबिण प्रताप अधिकारीले प्रमुख जिल्ला अधिकारी सहित नयाँ शहरी आयोजनाको टोली ढोरपाटन नगरपालिका वडा नं.३ पुर्कोटको र विस्मोरमा निवेदनमा आएका जग्गा अनुगमनमा पुगेको र फर्कदा ढिला भएका कारण आज विहान साढे सात बजे सम्मका लागि स्थगन गरिएको जानकारी दिएका थिए ।

शहरी आयोजनाले वडा नं. ३ पुर्कोटमा ८३ रोपनी जग्गा र बिस्मोरमा ३१ रोपनी गरि १ सय १४ रोपनी जग्गाका जग्गा दाताले नयाँ शहरका लागि वस्ती व्यवस्थापनका लागि जगाधानी हरुले नयाँ शहरआयोजनालाई जग्गा दिन सक्ने यस अघि नै निवेदन गरेका थिए ।

सोही विषयमा निवेदकका जग्गा हेर्न र यस अघि नगर विकास समितिले खरिद गरेको वडा नं. १ भब्रेटाको जग्गा अवलोकन भएको बताइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *