मुसिकोट नगरपालीका ७ मा एमाले र जनमोर्चावीच तालमेल

कमल पौडेल, खर्वाङ २०७४ जेठ १९ । छिमेकी जिल्ला मुसिकोट नगरपालिकाको वडा नं. ७ मा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा विच चुनावी तालमेल भएको छ । नेकपा एमाले संगठन कमिटिका अध्यक्ष गोपिकृष्ण खरेल र राष्ट्रिय जनमोर्चाका वडा समिति सचिव सुन्दर प्रधानले संयुक्त रुपमा जारी गरेको वक्तव्यमा जनताको पक्षमा काम गरी समाजलाई रुपान्तरण गर्दै समाजवादको तहसम्म पुर्याउन चुनावी तालमेल गरेकोे वताइएको छ ।

तालमेल अनुसार वडा अध्यक्ष र ३ सदस्य एमालेले पाउने र १ सदस्य जनमोर्चाले पाउने भएका छन् भने सवैको चुनाव चिन्ह सूर्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *