बडीगाड गाउँपालिकामा जनप्रतिनिधिव्दारा कार्य प्रारम्भ

कमल पौडेल, खर्वाङ २०७४ जेठ १८ । बडिगाड गाउँ कार्यपालिकाको पहिलो वैठकले सडक नपुगेका वडा कार्यालयमा पहिलो प्राथमिकताका साथ सडक पुर्याउने निर्णय गरेको छ । विहिवार पदभार ग्रहण संगै वसेको वैठकले सो निर्णय गरेको हो । वैठकले गाउँपालिका भित्र भूमिहीन जनताको पहिचान गर्न समिति गठन गरेको छ। त्यस्तै पालिका कार्यालयको लागी आवश्यक जग्गा व्यावस्थापन गर्न अध्यक्ष मेयरसिंह पाइजाको संयोजकत्वमा ३ सदस्यिय समितिको गठन गरेको छ । समितिमा उपाध्यक्ष अम्वर वहादुर श्रीस र वडा नं. ५ का अध्यक्ष अर्जुन प्रसाद खरेल रहेका छन् । शुक्रवार अधिकाशं वडाहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुले पदस्थापन गर्ने कार्यक्रम रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *