जनता आवास कार्यक्रम अन्तर्गत आवास एकाईको सम्झौता

कमल पौडेल बागलुङ २०७४ जेठ १७ । सरकारको जनता आवास कार्यक्रम अन्तर्गत वडिगाड गाउँपालिका वडा नं. १ र २ मा निर्माण हुने १० वटा आवास एकाईहरुको मंगलवार सम्झौता भएको छ ।

सो सम्झौता अनुसार वडा नं. १ मा ३ ओटा र वडा नं. २ मा ७ वटा आवास निर्माण गर्ने भवन डिभिजन कार्यालय बागलुङले जनाएको छ। चालु आर्थिक वर्षको कार्यक्रम अनुसार लोपोन्मुख, सिमान्तकृत, राष्टिय दलित आयोगको सुचिमा सुचिकृत दलित जातिका लागि केहि आवासहरु निर्माण गरिन लागेको हो ।

स्थानीय उपभोक्ताहरुको सहजताको लागी राजनैतिक दल तथा स्थानिय प्रतिनिधिहरुको रोहवरमा कार्यालयका प्रतिनिधिहरुले खर्वाङमै पुगेर सम्झौता गरेको भवन डिभिजन कार्यालयका नायव सुब्बा वद्रिनाथ गौतमले वताए । सम्झौता अनुसार चार किस्तामा भवन निर्माणको लागी रकम उपलब्ध गराउने कार्यालयले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *