हाटेल व्यवसाय छोडेर व्यवसायिक तरकारी खेतीमा आम्दानी गर्दै काडेबासका चालिसे

लक्ष्मण चालिसे, गल्कोट, २०७४ जेठ १७ । गल्कोट नगरपालिका–८ काडेबासका गोपाल चालिसे होटल पेसा छाडेर व्यावसायिक तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाट मनग्य आम्दानी हुने भएपछि उनले होटल पेसा छाडेर तरकारी खेती सुरु गरेका हुन।

विगत दई वर्षयता उनले आधुनिक प्रविधिबाट तरकारी खेती गर्दै आएका छन् । । उनले आफ्नै ७ रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारी लगाएका छन् । उनले आधुनिक प्रविधिबाट प्लास्टिक टनेलभित्र बन्दा, फुलगोपी , सिमी, टमाटर, जातका तरकारी लगाएको बताए।

तरकारी बिक्रिबाट मासिक रु २० हजारदेखि रु ३० हजार आम्दानी गर्ने गरेको चालिसे बताउछन् । व्यवसायले समाजमा नाम र दाम दुवै मिलेको छ,” उनलृ भने बिक्री गर्न बजारको समस्या नभएको र बजारसम्म पुयाउन भने बोकेर लैजानु पर्ने समस्या रहेको भनाइ छ । बर्सेनि जग्गा विस्तार गरी व्यवसाय बढाउँदै लैजाने उहाँको सोच छ । बेमौसमी जातका तरकारीले बजारमा उचित मूल्य पाएपछि मौसमीभन्दा पनि बेमौसमी जातका तरकारी उत्पादनमा जोड दिएको चालिसे बताउछन् ।

दुई वर्ष अगाडिबाट व्यवसाय सुरु गरेका चालिसे अहिले यस क्षेत्रकै अगुवा कृषकका रुपमा चिनिन्छन् । यहाँ उत्पादन गरिएको तरकारी ,हटिया बजारमा बिक्री गर्दै आएको उनले बताए। थोरै लगानीमा घरमै बसेर मनग्य आम्दानी लिन सकिने हुँदा अरुलाई पनि तरकारी व्यवसाय गर्न चालिसेले सल्लाह दिँदैआएका छन् । । उनका एक श्रीमती दुई छोरा र दुई छोरी छन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *