दर्लिङकी २८ बर्षिया विना बिक तीन छोरा छोरीलाई बिचल्ली पारेर बेपत्ता !

छबिलाल पाण्ड बुर्तिबाङ २०७४ जेठ १७ । बडीगाड गाँउपालिका वडा नँ ९ दर्लिङकी एक महिला झण्डै एक महिना देखी बेपत्ता छिन् । दर्लिङ खहरेकी २८ बर्षिया विना कुमारी बिक बैशाख २२ गते दिउसो पसलमा जान्छु भनी घरमा तीन लालाबालालाई छलेर गएकी अहिले सम्म फर्केर आएकी छैनन् ।

गत दुई वर्ष देखी रोजगारीका लागि साउदी अरब रहेका उनका श्रीमान रबिलाल कामी श्रीमती बेपत्ता भएको खबर पाएर यहि जेठ ४ गते घरमा आएर उनको व्यापक खोजविन गर्दा पनि केहि पत्ता नलागेको बताउछन् ।

घरमा १२ र ९ बर्षका दुई छोरा र ६ बर्षकी एक छोरी छन् । बिहे गरेको १४ बर्ष बित्दा कँहिकतै नराम्रो ब्यबहार नगरेपनी अचानक आफु बिदेश भएको अबस्थामा बालबच्चाको बिचल्ली पारेर सम्पर्क बिहीन हुँदा आफु अत्यन्त चिन्तामा परेको उनले बताए ।

निसीखोला गाँउपालिकाको वडा नँ ७ राजकुत बाट रबिलालले बिनालाई विवाह गरेका थिए । गहुँगोरो अनुहार भएकी पाँच फुट उचाई भएकी उतm महिलालाई कसैले देखे वा फेला पारेमा खबर गरीदिन समेत उनले आग्रह गरेका छन् ।

यसैवीच निसीखोला गाउपालिका- ५, साबिक निसी गाविस-२ रुपकी कुममायाँ बिक ६/७ वर्ष मुनीका तीन छोरी र एक छोरा गरी चार सन्तान बिचल्ली पारेर ६ हप्ता देखी सम्पर्कमा छैनिन् । उनका श्रीमान पनि रोजगारीका लागी साउदी अरबमा रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *