काँडेवास-छिस जोड्ने जीर्ण झोलुङगे पुलको पुन:निर्माण पछि समुदघाटन

थम्मन थापा सन्देश, २०७४ नेठ १७ । गलकोट नगरपालिका वडा नं ८ काँडेबास र वडा नं ८ छिस जोडने झोलुङ्गे पुलको पुन निर्माण पछि बुधवार समुद्घाटन गरिएको छ । पुलको समुदघाटन पुर्व सांसद कुलराज शर्मा, गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे र उपमेयर रेणुका काउचाले सामुहिक रुपमा रिबन काटेर गरेका थिए ।

विसं १९९५ सालमा छिस दरबारा परिवारले निर्माण गरेको उक्त पुलको पुन दरबारा परिवारले पुन निर्माण गरेका हुन । परिवारका स्वर्गीय सदस्यहरु टिकाराम, गोविबल्लव, खिमानन्द र बलभद्र खरेलको स्मृतिमा पुल पुन निर्माण गरिएको निर्माणकर्ता हेमलाल खरेलले जानकारी दिए ।

करिब १६ लाखको लागतमा पुल पुन निर्माण गरिएको बताईएको छ । समुदघाटन कार्यक्रममा पूर्व सांसद गोविन्द शर्मा कॅडेल, गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरे उपमेयर रेणुका काउचा, नेपाली काँग्रेसका केन्द्रिय महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसे, जनजागृति माध्यमिक विद्यालय काँडेबासका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदिलाल सापकोटा, जग्गादाता यज्ञ सापकोटा, नेपाल शिक्षक संघका प्रदेश प्रतिनिधि देवेन्द्र खत्री, परिवारको तर्फबाट हिरालाल खरेल, वडा नं ८ का नव निर्वाचित वडा अध्यक्ष राम प्रसाद कॅडेलले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम खरेल परिवारका ज्येष्ठ सदस्य झॅुजुलाल खरेलको अध्यक्षता, सदस्य ईन्दु खरेलको स्वागत र सोमनाथ खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *