जनजीवराज सुशिला माध्यमिक बिद्यालयको बार्षिकोत्सव कार्यक्रम सुरु

छबिलाल पाण्डे, बुर्तिबाङ २०७४ जेठ १६ । निसीखोला गाउँपालिका वडा न.४ झिम्पामा रहेको जनजीवराज सुशिला माध्यमिक बिधालयको ६३ औँ बार्षिकोत्सबको पुर्व सन्धयामा आयोजित बिबिध कार्यक्रम मंगलवार देखि सुरु भएको छ ।

आज पहिलो दिनको कार्यक्रममा अन्तर सदनात्मक छात्रछात्रा भलिबल प्रतियोगिता सुरु भएको छ भने प्रतियोगितामा चार सदनको सहभागिता रहेको छ । उतm कार्यक्रम बुधवार पनी जारी रहने बिधालयका प्रअ यमकान्त पौडेलले बताए ।

स्मरणिय छ, जनमावि झिम्पा रहेको उतm बिद्यालयलाई हालै चन्दादाता शान्तराज र चक्रराज न्यौपानेका माता पिताको नामबाट रहने गरी जनजीवराज सुशिला माध्यमिक बिधालय नामाकरण गरिएको बताईएको छ ।

बार्षिक उत्सबको जेठ १९ गते उद्घाटन सहित बिशेष कार्यक्रम हुने भएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *