तमानखोलाका नवनिर्वाचित जनप्रतिनिधीहरुको स्वागत तथा पदस्थापन सम्पन्न

तलवको ५ प्रतिशत रकम गाँउको विकासमा खर्च गर्ने प्रमुख बुढाको प्रतिबद्धता

सुमन सुनार, बुर्तिबाङ २०७४ जेठ १६ । हालै सम्पन्न पहिलो चरणको स्थानिय तह निर्वाचनबाट निर्वाचित तमानखोला गाँउपालिकाका नव निर्वाचित प्रतिनिधीहरुलाई सोमवार एक कार्यक्रमका विच स्वागत तथा पदस्थापन गरिएको छ ।

तमानखोला गाँउपालिकाका कार्यकारी अधिकृत खिम बहादुर वि.क. को अध्यक्षतामा भएको स्वागत तथा पदस्थापन कार्यक्रममा विभिन्न वडाका वडा प्रमुख एवम प्रतिनिधी, स्थानिय समाजसेवी, बुद्धिजिवी, राजनैतिक दलका प्रमुख एवम प्रतिनिधी, स्थानिय विद्यालयका प्रधानाध्यपक लगायतको उपस्थीती रहेको थियो ।

तमानखोला गाँउपालिकाका प्रमुख जोकलाल बुढा, उप प्रमुख मानसरी शेरचन, वडा नं. १ का वडा अध्यक्ष थम बहादुर रोका, वडा नं. २ का अध्यक्ष मिन बहादुर घर्ति, वडा नं. ३ का अध्यक्ष गिर बहादुर घर्ति, वडा नं. ५ का अध्यक्ष हिरा बहादुर विक, वडा नं. ६ का अध्यक्ष कुल बहादुर रोका लगायत सदस्यहरुलाई स्वागत तथा पदस्थापन गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाँउपालिका प्रमुख बुढाले आफ्नो मासिक तलवको ५ प्रतिशत रकम गाँउपालिकाको विकास निर्माणको कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाए । साथै उनले आफुले जनता संग गरेका प्रतिवद्धताहरु ५ वर्ष भित्र कुनै पनि हालतमा पुरा गर्ने बताए ।

यस्तै कार्यक्रममा गाँउपालिकाको वडा नं. ३ की सदस्य मन कुमारी बुढाथोकी, वडा नं. ५ की सदस्य टिका कुमारी दमाई, वडा नं. ६ का सदस्य थम प्रसाद रसाईलीले पनि आफ्ना धारण राखेका थिए ।

त्यस्तै जनजागृती माध्यमिक विद्यालय बोंगादोभानका प्रधानाध्यपक प्रेम बहादुर खड्का, बोंगादोभान प्राथमिक स्वास्थ्य चौकी प्रमुख राजन थापा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन तमानखोला गाँउपालिकाका लेखापाल याम थापाले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *