ज्ञानाेदय बुद्ध विहारव्दारा बानपाका मेयर, उपमेयर र वडाध्यक्षलाई स्वागत

खगेन्द्र विश्वकर्मा बागलुङ २०७४ जेठ १५ । ज्ञानोदय बुद्ध विहारले नव निर्वाचित मेयर तथा उपमेयर सहित वाडान३का अध्यक्ष सहितको तोलिलाई सोमबार सम्मान तथा बधाई दिएको छ ।

सम्मान कार्यक्रम बोल्दै बागलुङ नगरपालिकाका मेयर जनक पौडेलले ज्ञानोदय बुद्ध बिहारबाट आफुले महत्त्वपूर्ण पाठ सिकेकोले विहारको विकासका लागि महत्त्वपूर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा उप मेयर सुरेन्द्र खडका वडान ३ की अध्यक्ष लक्ष्मी बास्कोटाले पनि मन्तव्य दिएका थिए ।

कार्यक्रम अध्यक्ष विकास शाक्यको अध्यक्षता निवर्तमान अध्यक्ष मुकुन्द शाक्यको स्वागत सह सचिव युक्तिजंग राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *