मुरली र मादलको तालमा बागलुङमा सशुल्क कविता बाचन कार्यक्रम

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ जेठ १५ । साहित्य गतिबिधिलाई प्रगतिशील धारमा लगिहरेको म्याग्दी साहित्य मन्च बेनीले आफ्नो क्षेत्र विस्तार गर्दै साविक अन्चलस्तरिय साहित्य कार्यक्रम जेठ १९ गते बागलुङमा कार्यक्रम गर्ने सोमबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

युवा छन्द कवि सुधिर सत्यालले बाँसुरी र मादलको तालमा कविता बाचन गर्ने बताईएको छ । कविता सुन्नको लागि रु ५० को टिकट दर राखिएको छ । टिकटबाट संकलिट ५ हजार बागलुङको मानव आश्रमलाई दिने निर्णय समेत गरेको जनाईएको छ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषले शृजनाको मूल्य स्थापित गर्नको लागि महत्वपुर्ण भुमिका खेल्ने बताए।
कार्यक्रम म्याग्दी साहित्यका अध्यक्ष घायल श्रीको अध्यक्षता उपाध्यक्ष सुदिप खत्रीको स्वागत र सचिव एस पि विसर्जनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *