अर्थमन्त्री द्वारा आगामी आवका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँको बजेट पेश

काठमाडौं, २०७४ जेठ १५ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ बजेट व्यवस्थापिका संसदमा पेस गरेका छन् । प्रस्तुत बजेटमा चालु खर्चतर्फ ८ खर्ब, ३ अर्ब, ५३ करोड १४ लाख रुपैयाँ र पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब, २७ करोड ५९ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ।

स्थानिय तहका लागि पहिलो पटक एकमुष्ठ रुपमा कुल बजेटको १७.६ प्रतिशत २ खर्ब २५ अर्ब ५ करोड ४५ लाख रुपैयाँ बिनियोजन गरिएको छ।
अधिकार सम्पन्न स्थानिय तहले आफै कार्यक्रम तर्जुमा गरी उपलब्ध स्रोत परिचालन गर्न पाउनेछन्।

अर्थमन्त्री महराले बजेट सार्वजनिक गर्दै बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको उत्तरगंगा जलासय, मध्यपहडी लोकमार्ग र धौलागिरी करिडोरका निर्माणका लागि बजेट विनियोजन गरेको बताए ।

आज सार्वजनिक गरिएको बजेटमा आगामी आवको लागि बागलुङ जिल्लाका ४ नगर र ६ गाउपालिकाहरुका लागि निम्नानुसार बजेट विनियोजन गरिएको छ । नगरपालिका तर्फ बागलुङ रु ५० करोड १६ लाद १३ हजार, जैमिनी ३७ करोड ३१ लाख १२ हजार, गल्कोट ३६ करोड ५० लाख ७१ हजार र ढोरपाटन २७ करोड ९८ लाख १६ हजार रकम विनियोजन भएको छ भने गाउपालिका तर्फ बडीगाड ३३ करोड १९ लाख ५१ हजार, काठेखोला २९ करोड ४३ लाख १९ हजार, निसीखोला २७ करोड ५१ लाख २२ हजार, बरेङ १९ करोड ६३ लाख ४२ हजार, ताराखोला १७ करोड २१ लाख ९६ हजार र तमानखोला १६ करोड २६ लाख ३४ हजार रकम छुट्टाईएको छ ।

भनिदिउँकी, प्रधानन्यायाधीश सुशिला कार्की विरुद्धको महाभियोग प्रस्ताव फिर्ता गर्ने पूर्व सहमति कार्यान्वयन नगरिएको बिरोधमा एमालेले संसद चल्न नदिने अडान लिएपछी सरकार महाभियोग प्रस्ताव फिर्ता लिन बाध्य भएको थियो । प्रस्ताव फिर्ता लिएपछी मात्र एक घण्टापछी बजेट संसदमा पेस गरिएको थियो ।

बजेटको पूर्ण विवरण यसप्रकार छ-

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *