गणतन्त्रमा जनताले मर्यादित जीवन ब्यतित गर्न पाउनु पर्छ : न्यायाधीश बागचन

कोपिला कंडेल, बागलुङ, २०७४ जेठ १५ । आज मुलुकभर दशौँ गणतन्त्र दिवस बिबिध कार्यक्रमका साथ मनाईएको छ ।

गणतन्त्र दिवस जिल्ला समारोह समिति बागलुङको आयोजनामा आज प्रभातपफेरी एबं मुल समारोहका साथ दशौँ गणतन्त्र दिवस मनाईएको हो । कार्यक्रमको उद्घाटन उच्च अदालत पोखरा बागलुङ ईजलासका न्यायाधीश रत्न बहादुर बागचनले झण्डोत्तोलन गरेर गरेका थिए ।

सो अवसरमा बोल्दै उच्च उदालत पोखरा बागलुङ ईजलासका न्यायाधीश रत्न बहादुर बागचनले लोकतान्त्रिक गणतन्त्रको संरक्षण र बिकासका लागि सबै जिम्मेवार बन्नुपर्ने बताए। संबिधानमा गणतन्त्र लेख्दैमा जनताले अनुभुती गर्न नसक्ने चर्चा गर्दै न्यायाधीश बागचनले गणतन्त्रमा जनताले मर्यादित जीवन ब्यतित गर्न पाउनुपर्नेमा जोडदिए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले नयां संबिधानको कार्यान्वयन भएमात्र गणतन्त्रको संस्थागत बिकास हुनेमा जोड दिँदै मुलुकमा सुशासन कायम भएमात्र जनताले गणतन्त्रको अनुभुति गर्न पाउने बताए ।

सो अवसरमा बागलुङ नगरपालिकाका नवनिर्वाचित मियर जनकराज पौडेल, नेपाली काङ्गेसका पार्टी सचिव नवराज पौडेल, माओबादी केन्द्रका चिनीमायां काला मागर, गैसस महासघंका सचिव मणिभद्र शर्मा, अन्तर्पार्टी महिला समितिका अध्यक्ष भविकला रोका, पत्रकार महासघं बागलुङ्ग शाखाका अध्यक्ष दिल शिरिष र जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धन बहादुर परियार लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै जनताले गणतन्त्रको संस्थागत बिकासका लागि संबन्धित पक्ष जिम्मेवार र जवाफदेही बन्नृुपर्ने बताए । सहिदको रगत र बलिदानबाट मुलुकमा गणतन्त्र स्थापना भएको चर्चा गर्दै बक्ताले गणतन्त्रबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि संबिधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा गणतन्त्र दिवसका अवसरमा आयोजित निबन्ध एबं बक्तित्वकला प्रतियोगितामा उत्कृष्ट भएका बिद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो । पुरस्कार वितरण कार्यक्रमको संचालन बिद्यालय निरिक्षक प्रकाश वझाले गरेका थिए ।

कार्यक्रम गणतन्त्र दिवस जिल्ला समारोह समितिका अध्यक्ष एबं जिल्ला समन्वय समितिका (स्थानीय बिकास अधिकारी) राम प्रसाद आचार्यको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी कुश्मराज उपाध्यायको स्वागत मन्तब्य र जिल्ला समन्वय समितिका सश बहादुर पुनको संचालनमा सम्पन्न भएको थियो ।

त्रिदिवसीय कार्यक्रमका साथ गणतन्त्र दिवस मनाउने निर्णय अनुसार आईतबार अन्र्तमाध्यमिक बिद्यालय स्तरिय निबन्ध बक्तित्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो भने मंगलबार बिहान ८ बजे बागलुङ कारागारका बन्दीलाई फलफुल बितरण र साझ पाच बजे स्थानिय शान्ति समितिको आयोजनामा सडक नाटक पर्दशन गरिने कार्यक्रम रहेको समारोह समितिका संयोजक आचार्यले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *