गनपा-८ काँडेवास चालिसे टोलाका महिला नमूना गाउँ बनाउने अभियानमा

लक्ष्मण चालिसे गल्कोट २०७४ जेठ १५ । गल्कोट नगरपालिका ८ चालिसेटोलाका महिलाहरू नमूना गाउँ बनाउने अभियानमा जुटेका छन। आफ्नो सरसफाइ आफै गरौ सभ्य समाज निमार्ण गर्रौ भन्ने उदेश्य का साथ गनपा ८ चालिसेटोलाका महिलाहरु नमुना गाउँ बनाउने अभियानमा लागेका हुन् ।

जन चेतना आमा समुहकी अध्यक्ष गीता चालिसेका अनुसार ग न पा ८ चालिसेटोलाका महिलाहरु नमुना गाउँ बनाउने अभियानमा लागेका हुन् ।उनिहरुले हप्ताको १ दिन समुह समुह मिलेर गाउँ सफाई गर्ने महिलाहरू सार्वजनिक स्थान बाटो मठ मन्दिर प्लास्टिक जन्य फोहोर सकलन गर्ने ब्यवस्था गरिएको अध्यक्ष चालिसेले जानकारी दिईन् ।

महिलाकै सक्रियतामा चालिसेटोलालाई मदिरा निषेधित क्षेत्र पूर्ण धुवा मुक्त गाउँ र पूर्ण सरसफाइ युक्त गाउँ समेत घोषणा भईसकेको समाजसेवी पूर्णभद्र उपाध्यायले जानाकारी दिए ।

करिब १०९ घर धृरी भएको चालिसेटोलामा बिकास निर्माण सामाजिक कार्य गोष्ठीमा पनि महिलाहरूको उल्लेख्य सहभागिता हुने गरेको र नमुना गाउँ बनाउन सबै लागिएको भानु प्राथमिक विद्यालय काडेवासका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल चालिसे ले बताए ।

नमुना गाउँको अबधारणा सगै पलास्टिक बाटोमा भेटिनै छाडेका छन् । नमुना गाउँ बनाउने अभियानले यहाँका बालबालिका बिद्यार्थी तथा वृद्धा पनि शिक्षित हुदै आएको चालिसे बताउछन्। यस अभियानले सामाजिक आर्थिक बिकास निर्माणमा महत्त्वपूर्ण भुमिमा खेलेको बताईएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *