गल्कोटमा ईमान्दार काग्रेसका कार्यकर्ता भएकाले काग्रेसको जित : शिक्षक संघ अध्यक्ष शर्मा

नेपाल शिक्षक संघ गल्कोटव्दारा नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

गल्कोट २०७४ जेठ १५ । नेपाल शिक्षक संघ गल्कोट नगरपालिकाले नेपाली काग्रेसबाट गलकोट नगरपालिकामा निर्वाचित जनप्रतिधिहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष उमाकान्त शर्माले गल्कोटमा ईमान्दार काग्रेसका कार्यकर्ता भएकाले काग्रेसको जित भएको बताए । उनले गलकोट नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले ब्यवहारिक शिक्षामा जोड् दिने खालका कार्यक्रम ल्याउन आग्रह गरे । शर्माले शिक्षक संघ मार्फत पाठ्यक्रम निर्माणमा महत्वपुर्ण भुमिका हुनुपर्नेमा जोड दिए ।

त्यस्तै गलकोट नगरपालिकाका नवनिर्वाचित मेयर भरत शर्मा गैरेले समस्या नै समस्याको जालाले गुज्रिएको गलकोट नगरपालिकामा यहाँका स्रोत र साधनको प्रयोग गरि ती समस्याको समाधान गर्ने बताए । उनले गलकोट नगरपालिकालाई सम्बृद्ध बनाउनका लागी प्रतिपक्षसँग मिलेर अगाडि बढ्ने बताए ।

गलकोट नगरपालिकाका उपमेयर रेनुका काउचामगरले सामाजिक र आर्थिक अभियानता शिक्षक भएकाले शिक्षाको गुणस्तर बढाउनका लागी शिक्षक नै खटिनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा नेपाल शिक्षक संघका संघिय प्रतिनिधि देबेन्द्र बहादुर खत्री, घनश्याम सुवेदी, नेपाली काग्रेसका महाधिबेसन प्रतिनिधि मञ्जु शर्मा चालिसे, नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका अर्थ सचिव लक्ष्मीकान्त शर्मा, गलकोट बहुमुखी क्यापस स्वतन्त्र बिद्यार्थी युनियका सभापति गुमानसिह भण्डारी, नेपाल शिक्षक संघ गलकोट नगरका उपाध्यक्ष टेक बहादुर पुन लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

ररकार्यक्रम नेपाल शिक्षक संघ गलकोट नगरपालिकाका अध्यक्ष हरि चालिसेको अध्यक्षता, सहसचिव नमुना गौतमको स्वागत मन्तब्य र मायाँ शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *