हामीलाई नेपाली हुनुमा गर्व छ भन्ने उद्घोषका साथ गल्कोटमा गणतन्त्र दिवस सम्पन्न

गुमानसिँह भण्डारी, गल्कोट २०७४ जेठ १५ । १० औ गणतन्त्र दिवसको अवसरमा हामीलाई नेपाली हुनुमा गर्व छ भन्ने उदघोषका साथ गल्कोट नगरपालिकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गल्कोट नगरपालिकाका नवनिर्वाचित प्रमुख भरत शर्मा गैरेले गणतन्त्र आफैमा साधन रहेको हुदाँ यो गणतन्त्रको जगमा टेकेर आर्थिक, सामाजिक र राजनैतिक बिकासमा जुट्न आवश्यक रहेको बताए । उनले गलकोट नगरलाई साझा नगर बनाउन सबै एकताबद्ध भएर लाग्न आग्रह पनि गरे ।

कार्यक्रममा नेपाली काग्रेसका प्रतिनिधि मञ्जु शर्मा चालिसेले गलकोटको सम्बृद्धिको नेतृत्व गरिरहेको काग्रेसले हरेक ठाउमा भएका समस्यालाई प्राथमिकीकरण गरि अगाडि जाने बताईन् । नेकपा एमालेका प्रतिनिधि पुर्ण काउचाले आम जनताले सोचे भन्दा बढि सम्बृद्ध नगर बनाउन सबै पार्टी प्रतिबद्ध रहेर अगाडि जान आवश्यक रहेको बताए ।

नेकपा माओबादी केन्द्रमा तिलक उप्रेतिले गणतन्त्र कठिन अवस्थामा निर्माण भएको हुदाँ ब्यक्तिगत स्वास्थभन्दा माथि उठेर गलकोटको बिकासमा जुट्न सम्पुर्ण पार्टीलाई आग्रह गर्दै गणतन्त्र स्थापनाका लागी हरेक राजनैतिक दलहरुबाट भोकनिन्द्रा, प्यास नभनि रगतको बलिदान दिएर गणतन्त्र स्थापना भएको बताए ।

राष्ट्रिय जनमोर्चाका टंक केसीले गलकोट एक हुनुमा गर्वको बिषय भएपनि सम्बृद्ध नगर निर्माणका लागी बातावरण निर्माण गर्न आफनो पार्टी सदैव रचनात्मक र सकरात्मक भुमिकामा रहने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतम, गलकोट नगरपालिका वाड नम्बर ७ का अध्यक्ष टिका बहादुर थापा, पार्वती माद्यमिक बिद्यालयका प्रध्यानाध्यापक हेम बहादुर बुढाथोकी, पशु सेवा केन्द्र गलकोटका प्रमुख राम नारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम गलकोट नगरपालिकाका प्रमुख भरत शर्माको अध्यक्षता र कार्यकारी अधिकृत प्रदिपचन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *