मिरमिरे युवा क्लब ताराखोलाको १२ औँ वार्षिकोत्सव सुरु, मुल समारोह जेठ २० गते !

जनयुद्धकालमा उपराष्ट्रपति नन्दकिशोर पुन परेड खेल्ने ठाउँमा कलात्मक खेलको आयोजना !

खगेन्द्र विश्वकर्मा, बागलुङ २०७४ जेठ १५ । मिरमिरे युवा क्लव, ताराखोलाको १२ औ बार्षिकोत्सव आज जेठ १५ देखि सुरु भएको कल्वका अध्यक्ष गिरिप्रसाद पुनले बताए । मिरमिरे युवा कल्व ताराखोला गाउपालिका ५ हिलेको विभिन्न खेलकुद तथा रचनात्मक कार्यक्रम तथा १२ औ बार्षिक उत्सब जेष्ठ १५ गते गणतन्त्र दिवशको शुअवसमा सुरु भएको कल्वका कोषा अध्यक्ष देवेन्द्र घर्तीले बताए ।

१० बर्षे जनयुद्धको क्रममा माओवादी सेना कमान्डर तथा हालका उपराष्ट्रपति नन्दकिशोर पुन पासाङको टोली युद्धक्रममा तालिम संचालन गरेको स्थल तथा बेनी आक्रमण पछि सेल्टर लिएको ताराखोला गाउँपालिका ५ हिले स्थित मैदानमा गणतन्त्र दिवसको अवसर पारि कार्यक्रम सुरु गर्दै आएको १२ बर्ष पुगेको छ ।

विभिन्न कार्यक्रम अन्तरगत यो बर्षमा साविक गाविसका वडाका वडा स्तरीय पुरुष तथा महिला भलिबल ,धनुषववाण, नृत्य, डुडेलेक म्याराथुन दौड लगायतका विभिन्न कार्यक्रमहरुको आयोजना गरि १५ गतेबाट सुरुवात भएको छ ।

कार्यक्रमको मुल समारोह मेलाको पाँचौ दिन २० गते ताराखोला गाउपालिका अध्यक्ष प्रकाश घर्ती उपाध्यक्ष दिलकुमारी रोका पुन, अखिल क्रान्तिकाका उपाध्यक्ष दिवश खत्री पदमले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथमा संचारकर्मी तथा कलाकार खगेन्द्र विश्वकर्मा, पुजा परियार, टीका निउरे, मिलिजुली पंन्चेबाजा समूहको प्रस्तुति रहने क्लवका सचिव वीरेन्द्र रोकाले जानकारी दिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *