हटियाको निर्माणाधीन पुलमा कामगर्दै गर्दा करेण्ट लागेर एक मजदुरको मृत्यु

गुमानसिँह भण्डारी, गल्कोट २०७४ जेठ १५ । गल्कोट नगरपालिका हटियामा निर्माणाधीन मोटरेवल पुलमा काम गर्दै गर्दा एक जना मजदुरको ज्यान गएको छ ।

आईतवार साँझ करिब ८ बजे पानी फाल्ने मोटरको खराबी पत्ता लगाउने क्रममा करेन्ट लागेपछि ३० बर्षका प्रेम बहादुर दर्जीको ज्यान गएको हो । दर्जी ताराखोला गाउपालिका वडा नम्बर ४ का निवासी हुन । उनका श्रीमती ३ छोरी र १० महिनाको एक छोरा रहेका छन । उनको शवलाई पोष्टमार्टमका लागी गलकोट प्राथमिक स्वास्थ केन्द्रमा लगिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *